राष्ट्रिय सभा सदस्यको निर्वाचनसम्बन्धि विधेयकमा दलहरुको विवाद  

खरीबोट
ad

काठमाडौं । व्यवस्थापिका–संसद्मा विचाराधीन राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अब अध्यादेशबाट आउने भएको छ ।

यस विधेयकका बारेमा नेपाली कांग्रेस र वाम गठबन्धन दलबीच मत भिन्नता भएपछि विधेयक संसदबाट पारित नहुने अवस्थामा पुगेको हो । 

सरकारले यसअघि बहुमतीय प्रणालीबाट राष्ट्रिय सभा गठन हुनेगरी विधेयक संसद्मा दर्ता गरेको पनि पछिल्लोपटक एकल संक्रमणका आधारमा हुने प्रावधान राख्न खोजेपछि विवाद उत्पन्न सुरु बह्येको हो ।

प्रमुख तीन दलबीच बिहीबार सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय सभासम्बन्धी छलफल भए पनि सहमति जुट्न सकेन । यस सम्बन्धमा शिर्ष नेताहरुलाई निर्णय गर्न दिने अधिकार दिइएको बताइएको छ । यस विधेयकबारे सहमति जुटाउन सुक्रबार शिर्ष तीन नेताहरुको बैठक बस्ने सहमति विहिबार भएको थियो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा राष्ट्रिय सभा निर्वाचन ऐन एकल संक्रमणकालीन आधारमा निर्वाचन गर्नुपर्ने प्रस्ताव आफूहरूले राखेको र एमालेले बहुमतीय आधारमा गर्नुपर्छ भन्ने धारणा राखेको जानकारी दिए ।

एमालेले सरकार आफैंले बहुमतीय आधारमा गर्नुपर्छ भनेर संसद्मा विधेयक दर्ता गरिसकेको भन्दै वाम गठबन्धन बनेपछि आउने परिणामको अनुमानका आधारमा सरकारले बदमासी गरिरहेको आरोप लगाएको छ । माओवादी केन्द्रले पनि विधेयकमा जे पेस भएको हो, त्यही अघि बढाउन माग गरेको छ । 
 

सम्बन्धित समाचार

प्याब्सनद्वारा शिक्षा विधेयकमा संशोधनको माग, विद्यालय बन्द गर्ने चेतावनी 

काठमाडौँ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’मा निजी विद्यालयलाई सम्बोधन हुने गरी संशोधन गर्न माग गरेका छन् ।  प्याब्सनद्वारा आयोजित

राष्ट्रिय सभाबाट सात विधेयक पारित

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले मौलिक हकसँग सम्बन्धित विभिन्न सात विधेयक पारित गरेको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यावदले प्रस्तुत गरेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार

अपराधपीडित संरक्षण र बालबालिका विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले मौलिक हकसम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘अपराधपीडित संरक्षण विधेयक, २०७५’ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री

वैयक्तिक गोपनियतासम्बन्धी विधेयक पारित

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले “वैयक्तिक गोपनियतासम्बन्धी विधेयक, २०७५” लाई बहुमतले पारित गरेको छ ।  गृहमन्त्री रामबहादुर थापाले उक्त प्रस्ताव पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका