काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ७२ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २० हजार आठ वटा कारोबारबाट एक अर्ब ७६ करोड ५९ लाख ८५ हजार रुपैयाँ बराबरका ३९ लाख ४३ हजार आठ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शून्य दशमलव शून्य एक अंकले बढेर अन्तिम दिन १५ सय १० दशमलव दुुई अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शून्य दशमलव ६७ अंकले बढेर तीन सय १७ दशमलव ६३ अंकमा आईपुगेको छ ।
यो साता कारोबार रकम १३ करोड ५६ लाख ३० हजार रुपैयाँको आधारमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
साताका प्रमुुख सेयर सूचकांकहरु
कारोबार भएको सेयर संख्या एक लाख ६२ हजार कित्ताको आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या ११ सय २२ वटाको आधारमा चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
क्र. सं. | कम्पनीको नाम | कारोबार रकम (रु. १० लाखमा) |
१ | चिलिमे हाइड्रोपावर कम्पनी लि. | १३५.६३ |
२ | स्ट्यान्डर्ड चार्टर्ड बैंक लि. | ६५.०३ |
३ | नेपाल दूरसञ्चार कम्पनी लि. | ५५.६५ |
४ | नेपाल बैंक लि. | ५५.१४ |
५ | नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. | ५२.७२ |
क्र. सं. | कम्पनीको नाम | सूचीकृत धितोपत्रको किसिम | सूचीकृत धितोपत्र संख्या |
१ | लुम्बिनी जनरल इन्स्योरेन्स कं. लि. | हकप्रद | ३९००००० कित्ता |
२ | एनबी इन्स्योरेन्स कं. लि. | हकप्रद | २७००००० कित्ता |
३ | पूर्णिमा विकास बैंक लि. | हकप्रद | ६६९११.८२ कित्ता |