• २०८१ बैशाख १४ शुक्रबार

कैलाली र कञ्चनपुरमा हावाहुरी : तेह्र जना घाइते, विद्युत् आपूर्ति बन्द

kharibot

धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा आज साँझ आएको हावाहुरीले धनमालको क्षति गरेको छ ।

हुरीबतासका कारण धनगढी उप–महानगरपालिका क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । 

झण्डै एक घण्टासम्म चलेको हावाहुरीका कारण १३ जना घाइते भएको प्रहरी निरीक्षक प्रकाश डाँगीले जानकारी दिएका छन् । ठाउँ ठाउँमा रुख ढलेका छन् भने बिजुलीका खम्बा ढल्दा विद्युत् आपूर्ति बन्द भएको छ ।

हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा सयौँ घरमा क्षति पुगेको प्रहरी निरीक्षक डाँगीले बताए । “क्षतिबारे अनुमान गर्न मुश्किल भएको छ, हामी क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ”, उनले भने ।

कैलाली र कञ्चनपुरमा अहिले बेलुकी साढे ७:३० देखि आएको आँधी हुरीले निक्कै क्षति पुर्याएको अनुमान गरिएको छ । रुख, पोल ढालेर बाटो अवरुद्ध भएको खबर छ । विद्युत् छैन । केही घाइते भएको र नजिकको अस्पतालमा उपचार भइरहेको थाहा भएको छ । थप विवरण आउन बाँकी छ ।

— NEOC, MoHA Nepal (@NEOCOfficial) June 6, 2019

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै