• २०८१ बैशाख १४ शुक्रबार

यार्सागुम्बा सङ्कलकको मृत्यु

kharibot

ठुलिभेरी नगरपालिका–११ जउलीगाड, तामछानी, कम्चुलीलगायतका पाटनहरुमा यार्सागुम्वा खोज्न हिडेका सर्वसाधारण । तस्वीर : हेमन्त केसी,रासस जाजरकोट

जाजरकोट । यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको पाटनमा गएका थप एक जनाको मृत्यु भएको छ ।

नलगाड नगरपालिका–१२ तल्लुका १६ वर्षीय भीमबहादुर बस्नेतको लेक लागेर आज मृत्यु भएको हो ।

डोल्पाको टाक्सी पाटनमा बिरामी परेका उनलाई धो स्वास्थ्य चौकीमा उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको आफन्तले बताएका छन् ।

मृतक बस्नेत हिमालय मावि तल्लुमा कक्षा ९ मा पढ्दै थिए । योसँगै यस बर्ष यार्सागुम्बा सङ्कलनमा जादा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै