• २०८१ बैशाख २४ सोमबार

प्रधानमन्त्री ओली र बेलायती समकक्षी थेरेसा मेबीच भेटवार्ता

kharibot

तस्बीर : रासस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती समकक्षी थेरेसा मेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटमा करिब आधा घण्टा भेटवार्ता भएको थियो ।

भेटवार्तामा नेपाल भारत र बेलायतबीचको त्रिपक्षीय सन्धिलाई पुनरावलोकनको विषय र ब्रिटिस गोर्खाका समस्याको सम्बोधनका विषयमा छलफल भएको बताइएको छ ।

भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पराराष्ट्र सचिव शंकर बैरागी र बेलायतका लागि नेपाली राजदूत दुर्गाबादुर सुबेदी पनि सहभागि थिए ।

प्रधानमन्त्री ओली जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गरेर सोमबार साँझ लण्डन आइपुगेका थिए ।

यहाँ आइपुगेसँगै प्रधानमन्त्री ओलीले साँझ अक्सफोर्ड युनियनको आयोजनमा अक्सफोर्ड विश्वविद्यालयमा आयोजित एक विशेष कार्यक्रममा नेपालको प्रजातन्त्र र विकासबारे विचार व्यक्त गरेका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै