• २०८१ बैशाख १४ शुक्रबार

यार्सागुम्बा सङ्कलकको लडेर मृत्यु

kharibot

दार्चुला । अपि हिमाल गाउँपालिका–१ रोखापुमा एक यार्सागुम्बा सङ्कलकको लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा नौगाड गाउँपालिका–४ का २० वर्षीय शेरबहादुर बोहरा रहेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिए ।

बोहराको आज यार्सागुम्बा सङ्कलनका क्रममा चिप्लिएर मृत्यु भएको हो । उनको घट्नास्थलमै ज्यान गएको अपि हिमाल गाउँपालिका–१ का वडा सचिव अगबरसिंह जागरीले बताए । 

घटनास्थलमा प्रहरी चौकी खण्डेश्वरीबाट टोली पठाइएको कठायतले बताए । यसअघि ब्यास गाउँपालिका–१ दूधीवनमा ११ वर्र्षीय अनिश विष्टको यार्सागुम्बा सङ्कलनका क्रममा लडेर मृत्यु भएको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै