इम्ब्रहिमोविच अमेरिकाको एमएलएस लिगका महंगा खेलाडी

खरीबोट

काठमाडौँ । स्विडेनका फुटबलर जलाटन इम्ब्रहिमोविच अमेरिकाको एमएलएस लिगका महंगा खेलाडी बनेका छन् ।

हाल अमेरिकामा दोस्रो बर्ष खेलिरहेका इम्ब्रहिमोविचको २०१९ को बार्षिक पारिश्रमिक ७.२ मिलियन डलर भएसँगै उनी एमएलएसमा अहिलेसम्म कै धेरै पारिश्रमिक पाउने खेलाडी बनेका हुन् । एमएलएसमा यस अघि सेबासटियन जियोभिन्कोलाई ७.१ मिलियन डलर पारिश्रमिक दिइएको थियो ।

३७ बर्षिय इब्रहिमोविच सन् २०१८ मा म्यानचेष्टर युनाइटेड छोडेर एमएलएस क्लब एलए ग्यालेक्सी आएका थिए । उनको यस बर्ष १.९ मिलियन पारिश्रमिक बढेपछि उनी लिगकै महँगो खेलाडी बनेका हुन् ।

इब्राहिमोविचले एमएलएस लिगमा ३९ खेलमा ३३ गोल गर्दै आफ्नो उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

आकर्षक पारिश्रमिक पाउन थालेपछि अहिले खेलाडीहरुको एमएलएस लिग प्रति आकर्षण बढिरहेको छ । युरोपका ठुला लिगहरुबाट विस्तारै खेलाडी अमेरिकन लिगमा जाने क्रम बढिरहेको छ । पछिल्लो समय डेभिड बेह्कमले बार्सिलोनाका फरवार्ड लुइस स्वरेजलाई पनि अमेरिकामा खेल्न अफर गरेको मिडिया रिपोर्ट आएको थियो ।     
 

सम्बन्धित समाचार

म्यानचेस्टर युनाइटेड छोड्न चाहन्छु – पाउल पोग्वा

काठमाडौं । म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका फ्रेन्च प्लेमेकर पाउल पोग्वाले आउदो सिजन नयाँ क्लबबाट खेल्ने बताएका छन् । पछिल्लो समय उनी इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब रियल म्याड्रिड जाने हल्ला चलिरहेका

को हुन् रियल म्याड्रिडले साइन गरेका फेरल्याण्ड मेंडी ?

 काठमाडौँ । रियल म्याड्रिडले फ्रान्सका लेफ्ट ब्याक फेरल्याण्ड मेंडीलाई ६ बर्षका लागि साइन गरेको छ । इडेन हजार्ड, लुका जोभिकपछि म्याड्रिडले आउदो सिजनका लागि तेस्रो साइन गरेको हो । मेंडीलाई रियल

इम्ब्रहिमोविच अमेरिकाको एमएलएस लिगका महंगा खेलाडी

काठमाडौँ । स्विडेनका फुटबलर जलाटन इम्ब्रहिमोविच अमेरिकाको एमएलएस लिगका महंगा खेलाडी बनेका छन् । हाल अमेरिकामा दोस्रो बर्ष खेलिरहेका इम्ब्रहिमोविचको २०१९ को बार्षिक पारिश्रमिक ७.२ मिलियन डलर भएसँगै उनी एमएलएसमा अहिलेसम्म

नेइमारको ठाउँमा विलियनले पाए कोपा खेल्ने मौका

काठमाडौं । ब्राजिलका फुटबल नेइमार कोपा अमेरिकाबाट बाहिरिएपछि उनको ठाउमा चेल्सीबाट खेल्ने विलियन खेल्ने भएका छन् । विहिबार बिहान कतारविरुद्धको मैत्रीपूर्ण खेलमा घाइते भएका नेइमार कोपा अमेरिकाबाट बाहिरिएसँगै उनको ठाउमा विलियन


z