अमिताभ बच्चनले तिरिदिए २१ सय किसानको ऋण

खरीबोट

मुम्बई । बलिवुडका महानायक अभिनेता अमिताभ बच्चन ७६ बर्षको उमेरमा पनि युवा अभिनेताहरु भन्दा  व्यस्त रहेका छन् । अमिताभको बलिवुडमा जति अभिनयको चर्चा हुने गर्दछ त्यति नै उनको समाजको कामको पनि चर्चा हुने गर्दछ ।

यसै बीच अमिताभले बिहारका २१ सय किसानको बैंको ऋण तिरिदिएका छन् । यस बारेमा जानकारी दिदै अमिताभले आफ्नो ब्लगमा लेखेका छन् ।

'किसानसँग गरिएको बाचा पुरा भएको छ । बिहारका २१ सय किसानको बाँकी रहेको बैंकको ऋण वान टाइम सेटलमेन्ट अनुसार उनीहरुको ऋणको भुक्तानी गरिएको छ । उनीहरुमध्ये केहिलाई बोलाएर अभिषेक र स्वेताको हातबाट उनीहरुलाई व्यक्तिगत तवरमा दिएको छु ।'

अमिताभले यस अघि उत्तर प्रदेशका एक हजार किसानको ऋण तिरिदिएका थिए ।

साथै अमिताभले अब शहिदका परिवारलाई केहि सहयोग गर्ने समेत जानकारी दिए ।

फिल्ममा भने हालै उनको बदला रिलिज भएको थियो भने फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरेको थियो भने अब रणबीर कपुर, आलिया भट्टसँग फिल्म ब्रह्मश्त्र आउदै छ ।     
 

सम्बन्धित समाचार

दबंग-३ को आइटम गीतमा मलाइकाको ठाउमा वरीना

काठमाडौँ । बलिवुड अभिनेता सलमान खान भारत फिल्मले बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरिरहेका बेला अब नयाँ फिल्मको तयारीमा जुटेका छन् । सलमान आफ्नै सफल फिल्म दबंगक ओतेस्रो संस्करणको सुटिंगमा अहिले व्यस्त

आदित्य नारायणले काठमाडौंमा लाइभ प्रस्तुती दिने

काठमाडौं । चर्चित गायक आदित्य नारायण झाको काठमाडौंमा गन्जिने भएका छन् । जुलाईको पहिलो साता आदित्य ठमेलस्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुने भएका हुन् ।  'आदित्य नारायण झा लाइभ इन नेपाल’

प्रभास र श्रद्धा अभिनित साहोको टिजर सार्वजनिक

मुम्बई । बाहुबली फेम प्रभास र श्रद्धा कपुरको नयाँ फिल्म साहोको टिजर सार्वजनिक भएको छ । विहिबार सार्वजनिक भएको टिजरमा साहो एक्सन थ्रिलर फिल्म रहेको देखिएको छ । केहिसमय अघि अभिनेता

कपिलदेव बारेको फिल्म '८३' मा रणवीरको अपोजिट दीपिका 

मुम्बई । रियल जोडी रणवीर सिंह र दीपिका पादुकोणले नयाँ फिल्ममा श्रीमान श्रीमतीको भूमिकामा देखिने निश्चित भएको छ । भारतको पहिलो क्रिकेट वर्ल्ड कपको जित बारे कपिलदेवको जीवनीमा बन्न लागेको फिल्म


z