प्रभु बैंकको नयाँ शाखा कार्यालय अत्तरियामा

खरीबोट

काठमाडौ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहजरुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ आज बिहिबार कैलाली जिल्ला गोदावरी न.पा. वडा नं.१ स्थित अत्तरियामा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ ।

उक्त शाखाको गोदावरी न.पा.कानगर प्रमुख हरि सिंह साउदले उद्घाटन गरेका हुन् । 

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथी गोदावरी न.पा.कानगर प्रमुख हरि सिंह साउदले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस अत्तरिया शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहजरुपमा बैंकको गुणस्तरीय बैंकिङ्ग सेवाउपभोग गर्ने अवसर मिलेको बताए । 

आजदेखि सञ्चालनमा आएको बैंकको अत्तरिया शाखा कार्यालयबाट सो क्षेत्रका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
 

सम्बन्धित समाचार

थप दुई मालपोत कार्यालयमा प्रभु बैंकका एक्स्टेन्सन काउण्टर सञ्चालन

काठमाडौँ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा महोत्तरि जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बर्दिबासस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको

प्रभु बैंक र युकेएड सक्षमबीच सहकार्य

काठमाडौं । दक्षिण कोरिया र भारतमा रहेका करिव २१ हजार नेपालीहरुको खाता खोल्नका लागि प्रभु बैंक र युकेएड सक्षमबीच सहकार्य भएको छ । दुई संस्थाबीच भएको सहकार्य अनुसार, बैंकले बचत खाताका

सुनसरीको कालाबञ्जरमा प्रभु बैंकको शाखा 

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. ०५ स्थित कालाबञ्जरमा आफ्नो १९५ औं शाखा कार्यालयको रुपमा कालाबञ्जर शाखा कार्यालय आजदेखि

प्रभु बैंकको झापा र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टर

काठमाडौँ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा झापा जिल्लाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । दमकस्थित  मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन


z