• २०८१ बैशाख १५ शनिबार

प्रधानमन्त्री ओलीद्वारा फ्रान्सका उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह

kharibot

पेरिस । यूरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज लण्डनबाट फ्रान्स आइपुगेका छन् ।

फ्रान्समा आयोजित एक कार्यक्रममा त्यहाँका उद्योगी व्यवसायीलाई सम्बोधन गरेका छन् ।

राजनीतिक स्थायित्व, उपयोगमा ल्याउन बाँकी प्राकृतिक स्रोत, संभावना भएको बजार, कानुनी जटिलताहरूको अन्त्य, वैदेशिक लगानीका लागि प्राथमिकताका क्षेत्रहरूको छनौट आदि कारण नेपालमा लगानी मैत्री वातावरण बनेको कुरा उपस्थित उद्योगी व्यवसायीलाई प्रष्ट पारेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सेली उद्यमीलाई नेपालमा ऊर्जा तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

फ्रान्सेली उद्यमीको छाता संगठन ‘मुभमेन्ट अफ दि इन्टरप्राइजेज अफ फ्रान्स’द्वारा बुधबार साँझ पेरिसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक स्थायित्वसँगै लगानीमैत्री वातावरण बनेको उल्लेख गरे ।

साताव्यापी युरोप भ्रमणमा निस्किएका ओली स्वीट्जरल्यान्ड र बेलायतको भ्रमणपछि बुधबार पेरिस पुगेका हुन् ।

प्रधानमन्त्रीसँगै रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले फ्रान्सले नेपालका विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्न चाहेको उल्लेख गरेका छन् । यो वर्ष नेपाल र फ्रान्सबीच दौत्यसम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठ मनाइँदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय