'चुम्बन' बारे केही रोचक तथ्य

खरीबोट

काठमाडौँ । चुम्बन प्रेम प्रस्तुत गर्ने एक माध्यम हो भन्ने कुरा त सबैलाई थाहै छ । योबाहेक पनि चुम्बनसँग सम्बन्धित केही वैज्ञानिक शोध, अध्ययन र विश्व रेकर्ड पनि छन् जसको बारेमा तपाईंलाई थाहा नहुन पनि सक्छ । चुम्बनसम्बन्धी केही रोचक तथ्य यसप्रकार छन् :

हार्मोन रिलिज हुन्छ 

चुम्बन गर्ने समयमा एड्रेनलिन र नरएड्रेनलिन नामक हार्मोन रिलिज हुन्छ जसले मानिसलाई उत्तेजित बनाइराख्छ । यसले मुटुको धड्कन पनि बढाउँछ र शरीरमा जम्मा भएर बसेको सुगर टुक्रिएर ऊर्जा प्रदान गर्छ । 

चुम्बन गर्दा दाहिनेतिर शिर ढल्काउँछन् 

जर्मनीका एक अनुसन्धाताले संयुक्त राज्य अमेरिका, जर्मनी र टर्कीमा सार्वजनिक स्थलमा चुम्बन गर्ने २ सय २४ जोडीमाथि अनुसन्धान गरेका थिए । उनले करीब दुई तिहाइ जोडीले चुम्बन गर्दा दायाँतिर शिर झुकाउने गरेको तथ्य फेला पारे । 

मांसपेशीको कसरत 

चुम्बन गर्दा ओठमात्र सक्रिय नभई १ सय ४६ ओटा मांसपेशीको व्यायाम हुन्छ ।

प्रतिरोधात्मक क्षमतामा वृद्धि 

चुम्बन गर्नाले मानिसको प्रतिरोधात्मक क्षमता सबल हुन्छ, पीडाबाट छुटकारा मिल्छ र प्रतिमिनेट ३÷४ क्यालोरी बर्न हुन्छ । 

विश्व रेकर्ड 

हरेक क्रियाकलापको विश्व रेकर्ड भएजस्तै चुम्बनको पनि विश्व रेकर्ड छ । थाइल्यान्डका एक जोडीले ५८ घण्टा ३५ मिनेट ५८ सेकेन्डसम्म एकअर्कालाई चुम्बन गरेर सबैभन्दा धेरै समय चुम्बन गर्ने विश्व रेकर्ड बनाएका छन् । 

जीवनमा कतिपटक चुम्बन गर्छन् ?

एक शोधका अनुसार मानिसहरु आफ्नो जीवनमा औसतमा २० हजार १६० मिनेट अर्थात् दुई हप्ता चुम्बनमा बिताउँछन् । 

फिलेमेटोलोजी

चुम्बनसम्बन्धी अध्ययनलाई फिलेमेटोलोजी भनिन्छ । यसको सुरुवात १९औं शताब्दीमा भएको थियो ।
 

सम्बन्धित समाचार

आजदेखि सोह्र श्राद्ध प्रारम्भ, यस्तो छ पौराणिक मान्यता

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु हुँदै छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ

उमेर नपुग्दै विवाह : परिपक्वतासँगै सम्बन्धविच्छेद

रोल्पा । गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिनुभयो रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलकी निर्मला थापा । अहिले उहाँको उमेर २० वर्ष पुग्यो । चार वर्षीया एक छोरीसहितको

बालबालिकालाई प्रेम किन सिकाउने ?

मलाई थाहा छ तपाइँले प्रेमलाई साँघुरो घेरामा बुझ्नु हुने छैन् । शारीरिक आशक्तिको रुपमा हेर्नु हुने छैन् । प्रेमको यति साघुरो घेरा पनि हुदैन् । प्रेमको संकुचित र आशक्तिबाट तपाईं

आज श्रीकृष्ण जन्माष्टमी : यस्तो छ पौराणिक मान्यता र कृष्ण-लीला प्रसंग

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई


z