साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता 

खरीबोट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओलीको स्वागत गर्न उपप्रधानमन्त्री इश्वर पोखरेल, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा नेकपाका वरिष्ठ नेताहरु त्रिभुवन विमानस्थल पुगेका थिए ।  

यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री आज स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए । दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत गएका थिए । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई उनले सम्बोधन गरेका थिए ।

यस्तै बेलायतमा छँदा प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरेका थिए । यस्तै फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद विन्दा पाण्डेलगायत रहेका छन् ।
 

सम्बन्धित समाचार

जलवायु परिवर्तनको नकारात्मक असर नेपालमा : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर परेको बताएका छन् । ग्रीनहाउस ग्यास उत्र्सजनमा नेपालको भूमिका नगण्य भए पनि नेपालले यसको असर खेपिरहनु परेको प्रधानमन्त्री ओलीको

विकासका लागि अहिले उपयुक्त समय : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधान मन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि अहिले उपयुक्त समय भएको बताएका छन् । राष्ट्रिय युवा परिषदले आयोजना गरेको संघीय नमुना युवा संसदको बैठकलाई आज सम्बोधन गर्दै

अरु वर्षको असार २९ जस्तो प्रसन्न मन छैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताए । संस्कृति, पर्यटन तथा

बाढी पहिरो प्रभावितको तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढीपहिरोबाट प्रभावितलाई तत्काल उद्धार गर्न र सम्भावित क्षति न्यूनीकरण गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।  प्रधानमन्त्री


z