प्रधानसेनापति थापा साताव्यापी भ्रमणका लागि चीन प्रस्थान

खरीबोट

काठमाडौँ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आज साताव्यापी औपचारिक भ्रमणको लागि ७ सदस्यीय भ्रमण दलसहित मित्रराष्ट्र चीनतर्फ प्रस्थान गरेका छन् । 

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका छन् । उक्त अवसरमा नेपालस्थित चीनका महामहिम राजदूत, नेपाली सेनाका रथीबृन्द, रक्षा मन्त्रालयका सहसचिवलगायत नेपालस्थित चीनका सैनिक सहचारीको उपस्थिति रहेको थियो । यसअघि उनलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा हुन लागेको चीन भ्रमणको दौरान प्रधानसेनापति महारथी थापाले चीनका विभिन्‍न सैनिक संरचनाको भ्रमण, उच्चस्तरीय पदाधिकारीहरुसँग भेटघाटलगायत ऐतिहासिक स्थलहरुको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

उक्त अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी शरद कुमार गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छनेपाली सेनाले जनाएको छ । 
 

सम्बन्धित समाचार

प्रधानसेनापति पूर्णचन्द्र थापा स्वदेश फिर्ता

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका छन् । प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । उक्त अवसरमा नेपाली

नेपाली सेनाले खोल्यो राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय

काठमाडौं । नेपाली सेनाले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । विश्वविद्यालय स्थापना कार्यलाई अगाडि बढाउने योजनाअनुसार सैनिक मुख्यालयमा आवश्यक जनशक्तिसहित राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरिएको

प्रधानसेनापति पूर्णचन्द्र थापा अमेरिका जादै

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन मित्रराष्ट्र संयुक्त राज्य अमेरिका जाने भएका छन् । प्रधानसेनापति थापा संयुक्त राष्ट्रसंघको ‍औपचारिक निमन्त्रणामा यहि असार २३ गते अमेरिका जाने नेपाली

प्रधानसेनापतिद्वारा फलफूलको बिरुवा रोपण अभियानको शुभारम्भ 

काठमाडौँ । नेपाल सरकारको एक नेपाली एक फलफूलको विरुवा रोपण अभियानलाई मुर्त रुप प्रदान गर्नको लागि नेपाली सेनाले पनि एक जवान एक विरुवा (फलफूलको बोट) रोपण अभियानको कार्यक्रम लागु गरेको


z