फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्छ : नेता पौडेल

खरीबोट

चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । आज यहाँ पत्रकारसँगको कुराकानीमा उनले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औँल्याएका हुन् । 

पार्टीको चार वर्षको कार्यकाल भएकाले नियमित ढङ्गबाट महाधिवेशन गर्ने कुरालाई आलटाल गर्न नहुनेमा जोड दिँदै नेता पौडेलले भने,“अस्ति हामीले सभापतिलाई भेटेर भन्यौ, अब महाधिवेशनको प्रक्रिया शुरु गर्नुपर्छ तर कामको छाँटकाट भने छैन ।” 

पार्टीको मुहानको रुपमा रहेको नेपाल विद्यार्थी सङ्घको महाधिवेशन नगरेर भङ्ग गर्ने काम गरिएकामा उनले रोष प्रकट गरे । पार्टीको जागरण अभियान प्रचारात्मक भए पनि सङ्गठनात्मक रुपमा केही हुन नसकेको उल्लेख गर्दै  नेता पौडेलले भने, “जागरण अभियान प्रचारात्मक भयो, कार्यकर्ता चलायमान भए तर सङ्गठानात्मक रुपमा केही पनि भएन ।” 

फरक प्रसङ्गमा गुठी विधेयक सरोकारवालासँग छलफल नगरी ल्याइएकाले यसले संस्कृति तथा  परम्परालाई असर पुर्याउँछ भन्दै उनले सरकारले एकपछि अर्को गर्दै गल्ती गरिरहेको आरोप लगाए ।

नेता पौडेलले भने, “सरकारलाई गलत कार्यबाट रोक्ने काम हाम्रो हो, जनताको विरोध हुँदा हुँदै  आएका विधेयक काङ्ग्रेसले पारित हुनदिदैन ।”
 

सम्बन्धित समाचार

बुद्धको मुर्ति तोडफोड गर्नेलाई यथाशिघ्र कारवाही गर्न काँग्रेसको माग

काठमाडौँ । गएराती रुपन्देहीको तिलोत्तमा नगरपालिका क्षेत्रको सिद्धार्थ राजमार्गमा राखिएका बुद्धका मुर्ति तोडफोड भएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले एक

राष्ट्रियसभामा काँग्रेस र राजपाको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाले बाढी, पहिरो र डुवानको प्रभावत र उद्दार तथा राहतबारे छलफल गर्न राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । बुधबार काँग्रेसका

संसद स्थगित भएकोमा काँग्रेसद्वारा खेद व्यक्त

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आजको संसद बैठक स्थगित भएकोमा खेद प्रकट गरेको छ । सोमबार एक बजेका लागि बोलाइएको बैठक बाढी पहिरो प्रकोपमा सांसदहरि राहतमा जुट्न जानुपर्ने भन्दै

संसदमा काँग्रेस र राजपाको स्थगन प्रस्ताव : बाढी-पहिरो बारे छलफल गर्न प्रस्ताव  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रतिनिधिसभामा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता गरेका छन् । काँग्रेसका मिनेन्द्र रिजाल र पुष्पा भुसाल तथा राजपाका राजकिशोर यादवले


z