गण्डकी प्रदेशले ल्यायो ३२ अर्ब १३ करोडको बजेट  

खरीबोट

पोखरा । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३२ अर्ब १३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । बजेटको ३८ प्रतिशत अंश अर्थात १२ अर्ब २८ करोड चालु खर्चमा रहेको छ भने ६२ प्रतिशत अंश अर्थात १९ अर्ब ८४ करोड रुपैयाँ पूँजीगत खर्चको लागि विनियोजन गरिएको छ । 

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ६ अर्ब ७३ करोड रुपैयाँको न्यून बजेट पेश गरेको छ । न्यून बजेट मध्ये ४ अर्ब ४० करोड चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च हुन नसकेर बाँकी रहेको रकमबाट बेहोर्ने योजना रहेको अर्थमन्त्री गुरुङले बताए । बाँकी रकम आन्तरिक ऋण र नेपाल सरकारबाट माग गर्ने योजना छ ।

गण्डकी प्रदेश सरकारले अन्य अञ्चल तथा प्रदेशमा दर्ता भएको सवारी साधन अञ्चलीकरण गरी गण्डकी प्रदेशमा दर्ता गर्न ल्याएमा लाग्ने दर्ता शुल्कमा २५ प्रतिशत छुट दिने र भन्सार विन्दुबाट सीधै गण्डकी प्रदेशमा सवारी दर्ता गरेमा पनि २५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

त्यसैगरी रोडा, ढुंगा, बालुवा, चुनढुंगा, दहत्तर, बहत्तर लगायतका वस्तुमा लाग्ने शुल्कबाट उठेको रकममध्ये ४० प्रतिशत सम्बन्धित स्थानीय निकायलाई दिने नीति पनि ल्याएको छ ।

बजेटमा प्रदेश विकास प्राधिकरण गठन गर्ने, बिदा पर्यटनको अवधारणा अनुसारका कार्यक्रम सञ्चालन गर्ने, गण्डकी प्रदेश कर्मचारी व्यवस्थापन सूचना प्रणाली स्थापना गर्ने, प्रदेश अनुसन्धान ब्यूरो गठन गर्ने, हेलो मुख्यमन्त्री कार्यक्रमलाई स्थानीय तहसम्म विस्तार गर्ने, गोर्खाको लिगलिगकोटमा ऐतिहाँसिक संग्रहालय निर्माण गर्ने, प्रदेश खेलकुद एकेडेमी लगायतका कार्यक्रम समावेश गरिएको छ ।
 

सम्बन्धित समाचार

एनएमबि बैंकको गण्डकी प्रदेश केन्द्रित ‘एनएमबि समृद्ध गण्डकी बचत’ सार्वजनिक

काठमाडौ । एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंक र एनएमबि बैंकबीच भएको बृहत मर्जरका अवसरमा गण्डकी प्रदेशका ग्राहकहरूलाई विशेष लक्षित गरेर नयाँ बचत खाता ‘एनएमबि समृद्ध गण्डकी बचत’ को घोषणा गरेको

कोइरालाले गरिन् वातावरणमैत्री नमूना कृषि गाउँ निरीक्षण

दमौली । गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ निरीक्षण गरेकीछिन् ।  तनहुँको शुक्लागण्डकी नगरपालिका–९ र १२ भाटडाँडामा सञ्चालित नमूना कृषि गाउँ आज अवलोकन गर्दै त्यहाँका

घटस्थापनाको दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिइने

कास्की । गण्डकी प्रदेश सरकारले बडादशैँको पहिलो दिन (घटस्थापना) यही असोज १२ गते सार्वजनिक बिदा दिने भएको छ ।  असोज ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा सो

गण्डकी प्रदेशमा बढी भ्रष्टाचार हुने जिल्लामा कास्की पहिलो र तनहुँ तेस्रो

दमौली । गण्डकी प्रदेशको ११ जिल्लामध्ये तनहुँ भ्रष्टाचार हुने जिल्लाको सूचीमा तेस्रो स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा


z