• २०८१ बैशाख १५ शनिबार

'गुठी विधेयकविरुद्धको आन्दोलनमा काँग्रेसको ऐक्यबद्धता'

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले गुठी विधेयकविरुद्धको आन्दोलनमा आफ्नो समर्थन रहेको स्पष्ट गरेको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बैठक सुरु भएलगत्तै काँग्रेस सांसदहरुले यसको विरोध गरेका हुन् । विरोध पछि बोल्दै काँग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले सरकारले गौरवपूर्ण नेपाली संस्कृति नासेर होली वाईनको संस्कृतिलाई प्रतिस्थापन गर्ने तयारीमा लागेको भन्दै यो दुखद् रहेको बताएका छन् ।

बडूले शान्तीपूर्ण सडक आन्दोलनमा रहेका गुठियारहरुलाई सरकारले वार्ता र संवाद भन्दापनि दमनको बाटो अपनाएको भन्दै यो सरकारकै लागि घातक बन्ने चेतावनी दिदै आन्दोलनमा काँग्रेसको समर्थन रहेको बताए । 

नेता बडूले काँग्रेकको तर्फबाट तत्कालै वार्ता र संवाद मार्फत् समस्याको समाधान गर्न माग गर्दै काँग्रेसको गुठियारहरुको आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता रहेको बताएका छन् । उनले सरकार अहिले अन्धो भएको भन्दै त्यसै कारणले विभिन्न बाहानामा आफ्नो धर्म संस्कृति र पहिचान मास्ने काममा लागेको बताएका छन् ।

नेपाली धर्म र संस्कृति मास्ने खालको विधेयक ल्याएर सरकारले नेपालको परापूर्व कालदेखिको धर्म र संस्कृति नामेट पार्ने प्रयास गरेको उनको आरोप छ । गुठी संस्कृतिलाई सामन्तवादको अवशेष भन्ने सञ्चारमन्त्री र आवश्यक सुधार गछौं मात्रै भनी केही पनि काम नगर्ने प्रधानमन्त्रीकोबीच कुराकानी नै बाझिँदा यसले सरकारप्रति झनै आशंका थपेको उनले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै