मङ्गलबारदेखि गर्मी कम हुने

खरीबोट

फाइल तस्बीर

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । केही दिनदेखि प्रि–मनसुन कमजोर भई वर्षा नहुँदा तापक्रम वृद्धि भई गर्मी बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस वर्ष मनसुन शुरु हुने समयमा पनि मनसुन सक्रिय हुन् नसक्दा देशभर अत्यधिक गर्मी महसुस भएको महाशाखाका मौसमविद् राजु प्रधानाङले बताए । 

उनका अनुसार केही दिनदेखि उपत्यकासहित देशभर कुनै पनि मौसमी प्रणाली विकसित हुन नसकेको र मौसम खुला भई प्रचण्ड घाम लाग्दा तथा प्रि–मनसुन क्रमशः कमजोर हुँदै जाँदा मुलुकभर तापक्रम वृद्धिसँगै गर्मी महसुस भएको हो । 

सामान्यतया नेपालमा मनसुन भित्रिने समय जुन १० हो तर यस वर्ष मनसुन भित्रिन केही ढिलो हुने भएको छ । मौसमविद्का अनुसार यस वर्ष मनसुन भित्रिने बेलामा अरब सागरमा एउटा वायु बन्यो र पश्चिमी वायु पनि सक्रिय रहेकाले मनसुनलाई प्रभाव परेको हो । गत वर्ष जुन ८ मा मनसुन भित्रिसकेको थियो । 

अझै तीन चार दिन मनसुन भित्रिने कुनै गतिविधि नदेखिएको मौसमविद् प्रधानाङ्गले जानकारी दिए । नेपालमा मनसुन प्रवेश गर्न स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्ने बताइएको छ । आज बेलुकाबाट पश्चिमी क्षेत्रबाट पश्चिमी वायु विकसित हुँदै आउने भएकाले मङ्लबारबाट केही मात्रामा गर्मीबाट राहत मिल्ने मौसमविद्को भनाइ छ । 

आज काठमाडौँ उपत्यकासहित देशभर तापक्रम वृद्धि भइरहेको छ । उपत्यकामा यो साता ३३ दशमलव ५ डिग्री सेल्सियससम्म तापक्रम मापन भएको छ । त्यस्तै मौसमविद् समिर श्रेष्ठका अनुसार बङ्गालको खाडी र अरब सागर आसपासमा न्यूनचापीय प्रणाली विकास हुँदा मनसुनी गतिविधि अघि बढ्न नसकेको हो । 

अहिले नेपालमा कुनै प्रणाली विकसित हुन् नसक्दा अत्यधिक गर्मी महसुस भएको हो । “अझै मनसुन सक्रिय हुन चार-पाँच दिन लाग्नेछ”, मौसमविद् श्रेष्ठले भने । मनसुन शुरु नहुँदा यसको प्रत्यक्ष असर खेती बालीमा पर्ने बताइएको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ५ डिग्री र अधिकतम तापक्रम ३२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज दिपायल र विराटनगरको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस रहेको छ । यसैगरी धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४० डिग्री मापन गरिएको छ ।
 

सम्बन्धित समाचार

पश्चिमी वायुको प्रभावले मौसममा बदली, हल्का वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसममा सामान्यदेखि पूर्णबदली आएकाले देशका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर सामान्य बदली रही मध्य र पूर्वका

मौसम शुरुसँगै बन्दीपुरमा पर्यटकको चहलपहल

दमौली । मौसम शुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल शुरु भएको छ । चिसो बढेसँगै बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल शुरु भएको हो । असोजदेखि मङ्सिरसम्म बन्दीपुरमा विदेशी

मनसुन लम्बिने, अझै वर्षाको सम्भावना

काठमाडौँ । नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान

मौसम खराब हुदा नेपालगञ्ज उडेको विमान धनगढीमा अवतरण

काठमाडौँ । काठमाडौँबाट नेपालगञ्ज आउँदै गरेको बुद्ध एयरको जहान खराब मौसमका कारण नेपालगञ्ज विमानस्थलमा अवतरण हुन नसकेपछि धनगढी पुगेको छ । काठमाडौँबाट ६४ जना यात्रु लिएर बुधबार साँझ ६ बजेर १५


z