काठमाडौँ । सरकारले विवादीत गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा कुमारी अर्यालले पत्रकार सम्मेलन गरेर गुठी विधेयक फिर्ता लिएको जानकारी दिएकी छन् ।
मन्त्री पदमा कुमारी अर्यालले पत्रकार सम्मेलनमा विज्ञप्ति पढेर सुनाउदै वेधेयक फिर्ता भएको जानकारी दिएकी हुन् ।
विज्ञप्तिमा भनिएको छ :
सरकारले नेपालको संबिधानको धारा २९० अनुसार गुठिको मुलभूत मान्यता अनुरुप राजगुठी, सार्वजनिक गुठी र निजि गुठीलाई व्यवस्थित गरी सामाजिक न्यायको आधारमा गुठी जग्गामा भोगाधिकार रहेका किसान तथा गुठीको अधिकार संरक्षण गरी सर्वसाधारणहरुको हित कायम गर्न र गुठी जग्गाको उत्पादकत्व बढाउने उद्धेश्यले नेपाल सरकारले राष्ट्रिय सभामा गुठी सम्बन्धी कानुनलाई एकीकरण र संसोधन गर्न बनेको विधेयक २०७५ पेश गरेको सर्वविदितै छ ।
सो विधेयकलाई लिएर जनसमुदायमा विभिन्न किसिमका भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावारणलाई विथोल्ने कोसिस भएकोले सम्बन्धित सरोकारवालाहरुसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको हुँदा राष्ट्रिय सभामा पेश बह्येको उक्त विधेयक फिर्ता लिने निर्णय गर्दछु ।