• २०८१ बैशाख १४ शुक्रबार

जीप दुर्घटनामा बेपत्ता ९ जनाको शवको पुत्ला बनाएर दाहसंस्कार

kharibot

हुम्ला । कर्णाली नदीमा जीप खसेर बेपत्ता भएको सातापछि बेपत्ता भएका ९ जना यात्रुको शवको पुत्ला बनाएर दाहसंस्कार गरिएको छ ।

खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही लगायत ९ जनाको विहिबार दाहसंस्कार गरिएको हो । गत असार ३ गते मंगलबार खार्पुनाथ गाउँपालिकाको खार्पु दोभानबाट याङ्चु जाने क्रममा बेडु बिसाउनी र कैल्याबालुमा जीप खस्दा गाउँपालिका उपाध्यक्ष शाहीसहित ११ जना बेपत्ता भएका छन् ।

बुधबार अपरान्ह साढे १ बजेदेखि घटनास्थलमा पुगेको गोताखोरको टोलीले लगातार दुई दिनसम्म खोज्दा पनि नभेटिएपछि हिन्दु धर्मसंस्कार अनुसार परिवारजनले गाउँपालिकाका स्थानीय ९ जनाको छुट्टाछुट्टै दाहसंस्कार गरेका हुन् ।

बेपत्ता जीप र लासको खोजी कार्यमा कुनै प्रगति नभएपछि स्थानीयको सल्लाह अनुसार बेपत्ता भएका ९ जनाकै कुशको पुत्ला बनाएर दाहसंस्कार गरिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।

अध्यक्ष रावलका अनुसार बेपत्ता भएकी खार्पुनथाकी उपाध्यक्ष सिन्धु हमाल शाहीको पुत्लामा उनका पति धिरेन्द्र शाही र छोराले दागवत्ती दिए । जीप दुर्घटनामा बेपत्ता भएका मिस्त्री काठमाडौंका राजु श्रेष्ठ र एकजना नाम नखुलेका कुकको भने दाहसंस्कार नगरिएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै