• २०८१ बैशाख १४ शुक्रबार

कुन उमेरमा कति सुत्ने ?

kharibot

काठमाडौँ । राम्रो स्वास्थ्य र सुन्दरताको लागि जसरी हामीलाई पोषक तत्व आवश्यक हुन्छ । त्यसरी नै निन्द्राको महत्व पनि स्वास्थ्य सँग जाडिएर आउछ ।

दैनिक जीवन यापनकै सहजताको लागि पनि निन्द्रा धेरै उपयोगी हुन्छ । यदी शरिरको लागि लामो उमेर चाहिन्छ भने हरेक मानिसको लागि दिनको कम्तिमा पनि सात घण्टा सुत्न आवश्यक हुन्छ । धेरै काम र ब्यस्त जीवनको कारणले मानिसहरु सुत्न पनि नभ्याउने भएका छन् । निन्द्राको उपयोगिता भने पहिले देखि नै आयुर्बेदका हिसावले हरेक मानिसको उमेर समुह अनुसार कति सुत्नु पर्दछ भनेर छुट्याइएको पाइन्छ । 

कम सुत्नुका कारण गुम्सावट, टेन्सन र चिडचिडापनजस्ता समस्या देखिन सक्छ । साथै कम निन्द्राको कारणले मानसिक तनाव जस्ता समस्याहर पनि देखिन सक्दछन् । तपाई जुनसुकै उमेरसमुहको मानिसको हरेक मान्छेलाई आफ्नो उमेरको हिसावले सुत्न आवश्यक हुन्छ ।

समय मिलाएर सुत्दा तपाईको  छाला चाडै बुढो हुदैन र तपाई लामो समयसम्म स्वस्थ र खुसी जीवन जीउन सक्नुहुन्छ ।

कुन उमेरको मानिस कति घण्टा सुत्न आवश्यक छ :

३ महिना देखि ११ महिनासम्मको नवजात शिशुको लागि : १४ देखि १५ घण्टाको सुत्न आवश्यक हुन्छ । 
१२ देखि ३५ महिनाको बच्चा : १२ देखि १४ घण्टाको सुत्न आवश्यक छ । 
६ देखि १० वर्षको स्कुल जाने बच्चा : १० घण्टा सुत्न आवश्यक छ । 
११ देखि १८ वर्ष उमेर समुह : कम्तिमा ९ घण्टा निदाउन आवश्यक छ  । 

जागिरे वा पेशेवर मानिस जस्को उमेर २० वर्षभन्दा माथि छ, उसको लागि कम्तिमा आठ घण्टाको निन्द्रा आवश्यक हुन्छ । बुढापाकाको लागि सुत्नको कुनै समयसिमा छैन निर्धारण गरिएको छैन् । 

यदी तपाई यसरी नै आफ्नो उमेरको हिसाबले सुत्ने समय तय गरेर नियमितता दिनुहुन्छ भने यसले तपाईलाई धेरै फाइदा मिल्नेछ । जसको अनुभव तपाई आफैले गर्नु हुनेछ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै