• २०८१ बैशाख १५ शनिबार

प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ

kharibot

धरान । घुस लिँदै गरेको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक पदम कटुवाललाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

उनलाई शनिबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले रु सात हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो । दाजुभाइमा घरायसी विवाद हुँदा विपक्षीलाई पक्राउ गर्ने  नाममा कटुवालले घुस मागेपछि पीडितले अख्तियारमा खबर गरेका थिए । सो पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले सात हजार घुस रकमसहित अख्तियारको टोलीले कटुवाललाई नियन्त्रणमा लिएको बताएका छन् । प्रहरी सहायक निरीक्षक कटुवालमाथि प्रहरीले पनि आवश्यक अनुसन्धान शुरु गरिएको उहाँले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै