• २०८१ बैशाख १४ शुक्रबार

राप्रपाको महाधिवेशन २०७७ जेठमा गर्ने निर्णय

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको केन्द्रीय महाधिवेशन २०७७ जेठ महिनामा गर्ने पनि निर्णय गरेको छ ।

राप्रपाको विस्तारित केन्द्रिय समितिको बैठकले सो निर्णय गरेको राप्रपाका अध्यक्ष कमल थापाले जानकारी दिएका छन् ।

राप्रपाको बैठकले राज्यको चौथो अंगलाई नियन्त्रण गर्ने दुष्प्रयास गरेको, मानवअधिकार आयोगलाई पंगु बनाउन खोजेको भन्दै सरकार सर्वसत्तावादतर्फ उन्मुख हुन खोजेको निष्कर्ष निकालेको अध्यक्ष थापाले जानकारी दिए ।     

राप्रपाले गुठी विधेयक पूर्ण रुपले खारेज गर्न माग गरेको छ । राप्रपाले उक्त विधेयक खारेज गरेर नयाँ विधेयक ल्याउनुपर्ने बताउदै गुठी विधेयक आपत्तिजनक भएकाले जनताको भावनाको सम्मान गर्दै पूर्ण रुपले खारेज गर्न माग गरेको छ ।

अध्यक्ष कमल थापाले नेपालको सनातन धर्म संस्कृति परम्परालाई नियन्त्रित र निषेधित गर्न खोजेको भन्दै यो स्वीकार्य नहुने बताए ।

उनले गुठी विधेयकको विरोधमा भएको सडक आन्दोलनमा आफूहरुको ऐक्यवद्धता रहेको पनि बताए । 

अषाढ ६ गतेदेखि ८ गतेसम्म चलेको राप्रपाको विस्तारित केन्द्रिय समितिको बैठकमा ७७ जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

राप्रपाका निर्णयहरु :

१ ) अध्यक्ष कमल थापाद्वारा प्रस्तुत “समसामयिक राजनीतिक परिस्थिति र राप्रपाको भावी कार्यदिशा” सम्वन्धि प्रतिवेदन लगायत अन्य प्रतिवेदन परिमार्जन सहित सर्वसम्मत रूपमा पारित । 
२ ) राप्रपाको केन्द्रिय महाधिवेशन आगामी २०७७ जेठ महिनामा गर्ने ।
३ ) सरकारको कार्यशैली सर्वसत्तावाद तर्फ उन्मुख हुदै गएकोमा चिन्ता व्यक्त ।
४ ) विवादास्पद गुठी विधेयक सरकारले फिर्ता लिने मात्र होईन पुर्णरूपमा खारेज गरि धर्म,संस्कृति र परम्परा माथि कुनै आघात पुग्ने कार्य नगर्न र सरोकारवाला पक्षसंग घनिभूत छलफल र संवाद गर्न राप्रपा सरकार संग माग गर्दछ ।
५ ) धर्म परिवर्तन गराउनेलाई कारवाही गर्न र यस्ता कार्यलाई निरूत्साहित गर्न राप्रपा सरकारसंग माग गर्दछ ।
६ ) राप्रपाले राष्ट्र निर्माता श्री ५ पृथ्वी नारायण शाहको उपदेश, श्री ५ महेन्द्रको राष्ट्रवाद र जननेता वि.पि. कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्वान्तका रूपमा अंगिकार गर्नेछ ।
७ ) पार्टीलाई कांग्रेस र कम्युनिष्टको विकल्पको रूपमा देशको वलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति वनाउने संकल्प ।
८ ) संगठन निर्माण, समान विचार भएकाहरू संग एकता र जनसंघर्ष आगामी दिनमा राप्रपाको कार्यनीति हुनेछ 
क) राप्रपा ( संयुक्त) संगको एकतालाई प्राथमिकता दिदै सवै वर्गलाई पार्टीमा समाहित गर्न विशेष पहल गर्ने ।
ख)पार्टीले सरकार समक्ष बुझाएको ज्ञापनपत्रमा उल्लेखित २२ बुँदे मागहरू पुरा गराउन वार्ता र संघर्षका दुवै वाटोहरू अंगिकार गर्नेछ ।
९ ) वर्ष २०७६ लाई राप्रपाले “ संगठन निर्माण वर्ष “ का रूपमा कार्यान्वयन गर्नेछ ।
१० ) राष्ट्रिय स्वाभिमान यात्रालाई विभिन्न चरणमा वाकी रहेका जिल्लामा भाद्र महिनादेखी निरन्तरता दिनेछ।
११ ) ईस्लामिक धर्मावलम्वीमा रहेका दलित वर्गलाई अन्य दलित सरह मान्यता दिन सरकार संग माग गर्ने ।
         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै