• २०८१ बैशाख १४ शुक्रबार

नेप्सेमा १० अंकको गिरावट, आठ समूहले गुमाउँदा तीनले कमाए

kharibot

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार नै नेप्सेमा गिरावट आएको छ । नेप्से आज १० दशमलव एक अंकले घटेर १२ सय ५४ दशमलव ३५ विन्दुुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव एक अंकले घटेर दुुई सय ६९ दशमलव ६० विन्दुुमा झरेको छ । 

एक सय ७२ कम्पनीहरुको पाँच हजार छ सय नौ वटा कारोबारमा १५ लाख ७५ हजार तीन सय ४० कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुँदा कारोबार रकम ४८ करोड १८ लाख ५९ हजार सात सय ४३ रुपैयाँ पुुगेको छ ।  

नेप्सेमा आज ११ वटा समूहको कारोबार हुंदा आठ वटा समूहले गुमाएका छन् भने तीन वटा समूहले कमाएका छन् । सोअनुुरूप वाणिज्य बैक समूहको सूचक छ दशमलव ९२ अंकले घटेर ११ सय २८ दशमलव ९९ विन्दुुमा झर्दा जलविद्युुत् समूहको सूचक पनि १३ दशमलव ३३ अंकले घटेर ११ सय ८९ दशमलव ४६ विन्दुमा झरेको छ । 

निर्जीवन बीमा, जीवन बीमा, होटल, उत्पादनमूलक, अन्य र लघुवित्त समूहको सूचक पनि घटेकाछन । विकास बैंक समूहको सूचक भने एक दशमलव ५१ अंकले बढेर १५ सय ९८ दशमलव ४६ अंंकमा पुुगेको छ । यसैगरी फाइनान्स र सामूहिक लगानी कोष समूहको सूचक पनि बढेका छन् । 

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको गुराँस लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ९३ पैसाले बढेर चार सय ६५ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको स्वदेशी लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य छ रुपैयाँ ५५ पैसाले घटेर सात सय ५४ रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी रकम कारोबार भएको आधारमा पहिलो स्थानमा परेको लक्ष्मी बैकको प्रतिकित्ता दुुई सय १९ रुपैयाँ अन्तिम मूल्यमा चार करोड १० लाख एक हजार तीन सय ३५ रुपैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै