• २०८१ बैशाख १५ शनिबार

लोकसेवाको विवाद बुधबारका लागि सर्यो

kharibot

काठमाडौँ । सर्वोच्च अदालतमा लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादका चार वटा रिट निवेदनमाथि आजबाट सुनुवाइ शुरु गरेको छ ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आजदेखि सुनुवाइ शुरु भएको हो । बहस नसकिएपछि ‘हेर्दाहदै’ मा बुधबारका लागि तय भएको छ । 

यसअघि, न्यायाधीशद्वय कार्की र डा खतिवडाको इजलासले यही असार ४ गते आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी सबै विवाद एउटै इजलासमा सुनुवाइ गर्ने आदेश जारी गरेको थियो । आयोगले स्थानीय तहमा विभिन्न पदका लागि गरेको विज्ञापनका विषयमा परेका चारवटै विवादलाई एकै ठाउँमा राखेर सुनुवाइ गरेको हो ।

आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार, १६१ सिटका लागि गरेको विज्ञापनविरुद्ध चारवटा रिट निवेदन सर्वोच्च अदालतमा परेका थिए । विज्ञापन समावेशी सिद्धान्त विपरीत भएको रिट निवेदनमा उल्लेख थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै