• २०८१ बैशाख १४ शुक्रबार

मोबाइलका कारण टाउकोमा उम्रिँदै छ सिङ : अध्ययन प्रतिवेदन  

kharibot

काठमाडौं । मोबाइल टेक्नोलोजीले हाम्रो जीवनशैलीलाई पूर्ण रुपमा बदलिरहेको छ । पढाइ, वार्तालाप, शपिङदेखि लिएर डेटिङसम्म हाल सबै काम मोबाइ र इन्टरनेटबाट सम्भव छ । त्यसैले हाल अधिकांश मानिसको हातमा चौबीसै घण्टा मोबाइल, ट्याब र ल्यापटप रहन्छ । यसले मानिसको स्वास्थ्यमा केकस्तो असर पारिरहेको छ भन्ने धेरै अध्ययन भइरहेका छन् । यस्तै अध्ययनको क्रममा एक अनौठो तथ्य फेला परेको छ ।

मोबाइल ट्याबजस्ता साना मेसिनरी सामानका कारण हाम्रो शरीरभित्र रहेको अस्थिपञ्जर अर्थात् कंकालको आकारमा पनि परिवर्तन भइरहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । शोधका अनुसार मोबाइल धेरै प्रयोग गर्ने युवाको शिरमा सिङ निस्किरहेको छ । धेरै ग्याजेट्स चलाउने केही युवाको शिरको स्क्यान गर्दा यो कुरा प्रमाणित भएको हो । 

बायोकेनिक्स अथवा जैव यान्त्रिकीमाथि गरिएको उक्त शोधले शिर धेरै झुकाउनाले युवाको खोपडीमा सिङ विकास भइरहेको देखाएको हो । विशेषगरी १८ देखि ३० वर्षका व्यक्तिहरु यस्तो समस्याको शिकार भइरहेको अस्ट्रेलियाको क्विन्सल्यान्डमा स्थित सनसाइन कोस्ट युनिभर्सिटीमा प्रस्तुत शोधले देखाएको छ । अध्ययनमा मेरुदण्डको हाडको भार सरेर शिरको पछाडि रहेको मांसपेशीमा परेकाले कनेक्टिङ टेन्डेन र लिगामेन्टमा हड्डीको विकास हुन्छ । नतिजास्वरुप एक चुच्चो सिङजस्तै हड्डी बढिरहेको छ । जुन घाँटीको ठीक माथिपट्टि खोपडीबाट बाहिर निस्किरहेको छ । यो हड्डी हेर्दा कुनै सिङजस्तै देखिएको छ । 

चिकित्सकहरुका अनुसार हाम्रो शिरको तौल करीब साढे चार किलोग्राम हुन्छ । सामान्यतया मोबाइल बढी चलाउने मानिसले आफ्नो शिरलाई तरतिर झुकाइरहेका हुन्छन् । यस्तोमा घाँटीको तलतिर भएको मांसपेशी तन्किन पुग्छ र हड्डी बाहिरतिर निस्किन थाल्दछ । जसको आकार कुनै सिङजस्तै देखिन्छ । यस्तो शिरमा बढी दबाब पर्नाले भइरहेको चिकित्सकहरुको भनाइ छ । 

स्मार्टफोन र त्यस्तै अन्य डिभाइसले मानिसको जीवनशैलीका साथै शरीरको आकृतिमा पनि परिवर्तन ल्याइरहेको शोधकर्ताहरुको भनाइ छ । मानव शरीरमा प्रविधिको केकस्तो नकारात्मक प्रभाव परिरहेको छ भनी अध्ययन गरिएको यो पहिलो प्रतिवेदन रहेको शोधकर्ताहरुको दाबी छ । 

शोधकर्ताहरुको पहिलो पृष्ठ भने जर्नल अफ एनोटोमीमा सन् २०१६ मा प्रकाशित भएको थियो । यसमा २१६ जनाको एक्सरेलाई उदाहरणको रुपमा प्रस्तुत गरिउको थियो । अध्ययनमा संलग्न व्यक्तिहरुको उमेर १८ देखि ३० वर्षको बीचमा थियो । अध्ययनका अनुसार ४१ प्रतिशत वयस्क युवाको शिरको हड्डीमा वृद्धि भएको देखिएको थियो । यो पहिला गरिएको अनुमानको तुलनामा निकै धेरै हो ।

यो समस्या महिलाको तुलनामा पुरुषमा बढी देखिएको छ । यस प्रतिवेदनको दोस्रो अंश भने सन् २०१८ मा प्रकाशित गरिएको थियो । जसमा चार किशोरलाई पनि अध्ययनका लागि लिइउको थियो । मानिसको शिरमा उम्रिने सिङ आनुवंशिक कारणले नभई शिर र घाँटीमा पर्ने दबाबका कारण देखा परेको हो ।

करीब एक महिनाअघि प्रकाशित यो अध्ययन प्रतिवेदनमा १८ देखि ८६ वर्ष उमेरका कुल १२०० व्यक्तिको एक्सरे संलग्न छ । ग्याजेट्स बढी प्रयोग गर्ने  करीब ३३ प्रतिशत मानिसमा सिङजस्तै हाड विकसित भइरहेको तथ्य अगाडि आएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै