• २०८१ बैशाख १४ शुक्रबार

प्रहरी निरीक्षकविरुद्ध भ्रष्ट्राचारको आरोपमा मुद्धा दायर

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय रन्यौरा, रूपन्देहीका प्रहरी निरीक्षकविरुद्ध नदीजन्य पदार्थ ढुवानी गरिरहेका सेवाग्राहीसँग पटक पटक घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ ।  

प्रहरी निरीक्षक केशव बहादुर बस्नेतले ट्याक्टरबाट नियमानुसारको प्रक्रिया पूरा गरी गैडहवा गाउँपालिका अन्तर्गत नदीजन्य पदार्थ ढुवानी गरिरहेका सेवाग्राहीसँग १५ हजार घुस लिदै गर्दा पक्राउ गरेर अनुसन्धान पछि मुद्धा दायर गरेको जनाएको छ ।

अख्तियारले प्रहरी निरीक्षक बस्नेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो १५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै