• २०८१ बैशाख १४ शुक्रबार

महोत्तरी जिल्ला अस्पतालका चिकित्सक हडतालमा

kharibot

महोत्तरी । जलेश्वरस्थित महोत्तरी जिल्ला अस्पतालका चिकित्सक सुरक्षाको माग गर्दै  हडतालमा उत्रेका छन् ।

आइतबार बिहान ४ बजे जलेश्वर–३ का प्रमोद यादवकी छोरी ४ वर्षीया शिवानी यादवको चिकित्सककै लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै परिवारजन र स्थानीय युवाले बन्द गराएका उक्त अस्पताल पीडित, प्रशासन र चिकित्सकहरूबीच सहमतिपश्चात् सोमबार सञ्चालनमा ल्याइए पनि आज पुनः अस्पताल बन्द गराउँदै चिकित्सक  हडतालमा उत्रेका हुन् ।

अस्पतालका प्रमुख डा राजीव झाले चिकित्सकहरू असुरक्षित भएको भन्दै जिल्ला प्रशासनले सुरक्षाको व्यवस्था नमिलाउञ्जेल आकस्मिकबाहेक सबै सेवा ठप्प राख्ने निर्णयसहित आन्दोलनमा उत्रेका बताए ।

उक्त अस्पतालका प्रमुख झासहित छ चिकित्सकले चलाउँदै आएका ओपिडी सेवा, ल्याब, एक्स–रे, औषधि वितरणलगायत सबै सेवा बन्द भएकाले सेवाग्राहीहरु मारमा परेका छन् ।

आन्दोलनरत् चिकित्सकहरु थप सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेकामा प्रशासनले थप सुरक्षाको प्रत्याभूति दिलाए पनि थप सुरक्षाको व्यवस्था नभएसम्म चिकित्सकहरू काममा नफर्किने र आकस्मिकबाहेक सबै सेवा बन्द रहने उनको भनाइ थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै