• २०८१ बैशाख २९ शनिबार

प्रधानमन्त्री कप महिला क्रिकेट : उपाधिका लागि सुदूरपश्चिम र एपीएफ भिड्ने

kharibot

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा भिड्ने भएका छन् ।

मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध भएपछि सुदूरपश्चिमले प्रदेश नं २ सित अङ्क बाँडेर फाइनल प्रवेश गरेको हो । समूह ‘बी’ मा दोस्रो स्थानमा रहेको प्रदेश नं २ ले सुदूरपश्चिमसित सेमिफाइनल खेल्न नपाउनु नै घरेलु टिमका लागि फाइनलको यात्रा सुरक्षित हुन पुग्यो । समूह ‘ए’ मा अग्रस्थानमा रहेको सुदूरपश्चिमसित सेमिफाइनल भिड्न नपाउँदै प्रदेश नं २ प्रतियोगिताबाट बाहिरिएको हो ।

दोस्रो सेमिफाइनल खेलमा एपीएफ प्रदेश नं १ लाई हराउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । वर्षाका कारण पाँच ओभरमा सीमित पारिएको खेलमा एपीएफ चार रनले विजयी भयो । बुधबार फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले रु चार लाख, उप–विजेताले रु तीन लाख तथा तेस्रो हुने टिमले रु दुई लाख पुरस्कार प्राप्त गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय