• २०८१ बैशाख १४ शुक्रबार

दिशा र टाइगरबीच ब्रेकअप !

kharibot

मुम्बई । अहिलेका बलिवुडका चर्चित र सफल जोडी अभिनेत्री दिशा पटानी र अभिनेता टाइगर श्राफबीच ब्रेकअप भएको छ ।

भारतीय मिडियाहरुका अनुसार दिशा र टाइगर आधिकारिक रुपमा नै अलग अलग भएका छन् । दिशा र टाइगर फिल्म ‘बागी’को की सुटिङको बेला नजिकिएका थिए । त्यसपछि उनीहरु प्राय: सँगै हुने गर्दथे ।

दुवैबीच धेरै विषयमा असमझदारी बढ्दै गएपनि पछिल्लो तीन बर्ष सफल रिलेसनसिपमा रहेका दिशा र टाइगरले हालै दिशाको फिल्म भारतको प्रिमियरपछि आफ्नो सम्बन्धको अन्त्य गरेको भारतीय मिडियाहरुले दाबी गरेका छन् । दिशा र टाइगर पछिल्लो पटक केही साता अघि रेस्टुरेन्टमा सँगै डिनर खान पुगेका थिए । 

उनीहरुको ब्रेकअपको कारण बारे स्पष्ट नभए पनि पछिल्लो समय दिशा पटानी आदित्य ठाकरेसँग नजिकिए पछि ब्रेक अप भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

पटानी सन् २०१३ मा ‘फेमिना मिस इन्डिया’ को उपविजेता समेत भएकी दिशाले महेन्द्र सिंह धोनीको जिवनीमा आधारित फिल्म ‘एमएस धोनी’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

उनले टाइगरसँग बागी -२ मा सँगै काम गरेकी थिइन्, जुन फिल्म बक्स अफिसमा सुपरहिट पनि भएको थियो । दिशाले सलमान खानको फिल्म भारतमा समेत काम गरेकी छन् । दिशाको अब अर्को मोहित सुरीको फिल्म मलांग आउदै छ ।

त्यस्तै टाइगर भने हालै रिलिज भएको स्टुडेन्ट अफ द इयर-२ को असफलता पछि ऋतिक रोशनसँगको फिल्ममा व्यस्त रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै