• २०८१ बैशाख १४ शुक्रबार

बाराका अग्रज पत्रकार लम्साललाई मातृ शोक

kharibot

बारा । आर्थिक राष्ट्रिय पत्रिका कारोबार दैनिक तथा ईमेज च्यानलका सम्वाददाता अग्रज पत्रकार प्रकाश लम्साललाई मातृ शोक परेको छ ।

उनकी ममतामयी आमा टिकामाया लम्सालको बुधबार दिउँसो निधन भएको हो ।

मधुमेह र श्वासप्रश्वास रोगबाट ग्रसित आमा टिकामायाँको ८६ बर्षको उमेरमा निजी निवास बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयामा दिउँसो १ बजेर १० मिनेंटमा निधन भएको हो ।

पञ्चायत कालमा सामाजिक संघ संगठनमा सक्रिय लम्सालले तत्कालिन राजा ज्ञानेन्द्र शाहको हातबाट २०५९ सालमा गोरखा दक्षिण बाहु चौथोबाट सम्मानित पनि भएकी थिइन् । 

मकवानपुरको भीमफेदी गाउँपालिका रानीखोलामा जन्मिएकी टिकामाया विवाह पछि बाराको पथलैयामा बसोवास बस्दै आएकी थिईन् । स्थानीय समुदायमा गठन गरिएको आमा समूह मिलन केन्द्र , महिला संगठनको ईकाई सभापतिका रुपमा पनि काम क्रियाशील रहेकी टिका मायाँ लम्सालको सामाजिक काममा ठूलो योगदान रहेको छिमेकीहरुले बताएका छन् । 

टिका मायाँ लम्सालका सन्तान उनकै प्रेरणा सामाजिक सेवामा नैं सक्रिय रहेका छन् । उनको सामाजिक सेवाको देखिएको लगाव कै कारणले परिवार नैं सामाजिक संघ संस्थामा सक्रिय रहेका छन् । 

उनको दुई छोरा र दुई छोरी मध्य एक छोरा प्रकाश लम्साल सञ्चार क्षेत्रमा सक्रिय रहेका छन् , उनी प्रेस संगठनका केन्द्रीय सद्स्य पनि छन् ।

एक छोरी शुभद्रा लम्साल (न्यौपाने) जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यपालिका सद्स्य हुन् । अर्को छोरा अर्जुन लम्साल होटल तथा पर्यटन व्यवसायी संघ बारा तथा उद्योग बाणिज्य संघ दुबैमा उपाध्यक्ष रहेका छन् । एक छोरी अमृता लम्साल थापा गृहिणी छिन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै