• २०८१ बैशाख १४ शुक्रबार

झापामा हात्ती मृत फेला

kharibot

झापा । को हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा आज बिहान हात्ती मृत फेला परेको छ ।

सो हात्ती करेन्ट लागेर मरेको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।

सामुदायिक वनको उत्तरी क्षेत्रको बस्तीलाई हात्तीबाट जोगाउने उद्देश्यले स्थानीयवासीले लगाएको विद्युतीय बारमा हात्तीलाई करेन्ट लागेको हो ।

जिल्ला वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

हात्ती अढाई वर्षको रहेको सहायक वन अधिकृत जीवन पाठकले बताए ।

जिल्ला वन कार्यालयको तथ्याङ्क अनुसार झापामा एक दशकयता १० हात्तीको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट ३९ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै