• २०८१ बैशाख १४ शुक्रबार

भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने अनुमान

kharibot

नयाँ दिल्ली । सन् २०१९-२० मा भारतीय अर्थतन्त्र ७ प्रतिशतले बढ्ने भएको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले भारतीय लोकसभामा सन् २०१९-२० को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने बताएकी हुन् ।

पछिल्लो बर्ष भारतको जीडीपी ६.८ प्रतिशत रहेको थियो ।

अर्थमन्त्री सितारमणले अघिल्लो बर्ष ६.४ प्रतिशत रहेको वित्तीय घाटा यस अब्र्ष ५.८ प्रतिशत हुने अनुमान प्रस्तुत गरेकी छन् ।

सन् २०१५ सम्म पाँच ट्रिलीयनको अर्थतन्त्र बन्न हरेक बर्ष ८ प्रतिशतको आर्थिक वृद्धिदर हुनुपर्ने बताइएको छ । आर्थिक सर्वेक्षणका अनुसार यस आर्थिक बर्षमा पेट्रोलियम पदार्थको मुल्यमा अक्मी आउने अनुमान गरिएको छ ।

भारतमा अघिल्लो महिना पुनार्निर्वाचित भएको नरेन्द्र मोदी नेतृत्वको सरकारले शुक्रबार पहिलो बजेट ल्याउदै छ ।                    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै