• २०८१ बैशाख १५ शनिबार

घरेलु विकास समिति रोल्पाकी खरिदार घुस रकमसहित पक्राउ

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाका खरिदारलाई घुससहित पक्राउ गरिएको छ ।

खरिदार निता शर्माले कार्यालयले खरिद गरेको सामानको भुक्तानी प्रयोजनको लागि सेवाग्राहीबाट ७० हजार घुस लिएको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले कमिसन बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारको कार्यालय, बुटवलबाट गएको टोलीले खरिदार शर्मालाई घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित बुटवल उपमहानगरपालिका वडा नं.२ मनकामना मन्दिर नजिकबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै