• २०८१ बैशाख १४ शुक्रबार

कपिल देवको हुबहु देखिए रणवीर सिंह !

kharibot

मुम्बई । भारतीय क्रिकेटर कपिलदेवको सन् १९८३ को विश्वकप जितको आधारमा बन्न लागेको फिल्म ८३ मा रणवीर सिंहको फर्स्ट लुक सार्वजनिक गरिएको छ ।

आफ्नो जन्मदिनको अवसरमा रणवीरले फिल्म ८३ को आफ्नो पहिलो लुक सार्वजनिक गरेका हुन् । भारतीय क्रिकेटको यो ऐतिहासिक जितलाई पर्दामा हेर्न उत्सुक भारतीय दर्शकलाई रणवीरले आफ्नो जन्मदिनको दिन फिल्मको पहिलो लुक सार्वजनिक गरेका हुन् ।

सार्वजनिक लुकमा रणवीरलाई हुबहु कपिलदेव बनाउने प्रयास गरिएको छ र रणवीरलाई हुबहु कपिलदेव देखिएको पनि छ । रणवीरले कपिलदेवको भूमिकाको तयारीका लागि कपिलदेवसँग धेरै समय बिताएको र उनीसँग उनको क्रिकेट खेल्ने तरिका पनि सिकेका थिए ।

फिल्म ८३ लाई चर्चित निर्देशक कबीर खानले निर्देशन गरिरहेका छन् । यस फिल्ममा कपिलदेवकी पत्नीको भूमिकामा रणवीर सिंहकी रियल लाइफ जोडी दीपिका पदुकोनेले अभिनय गर्ने भएकी छन् । फिल्म सन् २०२० को अप्रिलमा रिलिज हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै