• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्रियसभाबाट विनियोजन विधेयक बहुमतले पारित

kharibot

फाइल तस्बीर

काठमाडौं । राष्ट्रियसभाबाट विनियोजन विधेयक, २०७६ बहुमतबाट पारित भएको छ ।

सोमबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त विधेयक पारित गरियोस् भनी राखेको प्रस्तावलाई सदनले बहुमतले पारित गरेको हो ।

यसअघि, प्रतिनिधिसभाबाट उक्त विधेयक पारित भइसकेको छ ।

दुवै सदनबाट विधेयक पारित भइ राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयन हुनेछ ।

यसअघि, सांसदहरु अनिता देवकोटा, मुक्ताकुमारी यादव, बद्रीप्रसाद पाण्डे, प्रकाश पन्थ र रमेशजंग रायमाझीले प्रस्तुत् गरेका खर्च कटौतीसम्बन्धी प्रस्तावलाई सदनले बहुमतले अस्वीकृत गरेको थियो ।

बैठकले अर्थमन्त्री खतिवडाले प्रस्तुत् गरेको आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत (तेइसौं) विधेयक २०७६, माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृति प्रदान गरेको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही असार २४ गते मंगलबार ४ बजे बस्नेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै