बारामा नगरपालिकाका ईन्जिनियरसहित तीन जना घुससहित पक्राउ 

खरीबोट

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्लाको पचरौता नगरपालिकाका ईन्जिनियरसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारले पचरौता नगरपालिकाका इन्जिनियर राम प्रकाश सतरा, नायव सुब्बा बद्रीबहादुर थापा र कार्यालय सहयोगी धुव्र महतोलाई घुससहित पक्राउ गरेको जनाएको छ ।

अख्तियारले इन्जिनियर सतराले पचरौता नगरपालिकास्थित विद्यालयको कम्पाउण्ड वाल निर्माण सम्पन्न भए पश्चात नियमानुसार भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरी विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस माग गरेको तथा सोही नगरपालिकाका नायव सुब्बा बद्रीबहादुर थापाले महिला सशक्तीकरणसम्बन्धी अनुशिक्षण तालिम कार्यक्रमको भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरी विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरीको आधारमा अख्तियारको हेटौंडा कार्यालयबाट खटिई गएको टोलीले सतरा र महतोसँग १५ हजार र थापासँग १४ हजार रकमसहित पक्राउ गरेको जानकारी दिएको छ ।
 

सम्बन्धित समाचार

सब-इन्जिनियर श्रेष्ठ घुस रकमसहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका, सिरहाकी सब-इन्जिनियर उमा श्रेष्ठलाई घुस रकमसहित पक्राउ गरेको छ । सब इन्जिनियर श्रेष्ठले शौचालय निर्माणको भुक्तानी दिन सहज गराई दिए बापत सेवाग्राहीसँग लिएको

सिंचाईका दुई इन्जिनियरसहित गाडी चालक घुस रकमसहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाई बिकासका दुई इन्जिनियर र सवारी चालकलाई घुससहित पक्राउ गरेको छ । अख्तियारका अनुसार जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन

डिभिजन सडक कार्यालय अपरेटरसहित दुईजना घुससहित पक्राउ  

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेले डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटरसहित दुई जनालाई घुस सहित रंगेहात पक्राउ गरेको छ । अख्तियारका अनुसार डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल

बिपी कोइराला प्रतिष्ठानका उपकुलपतिसहित आठ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका  उपकुलपति बलभद्रप्रसाद दाससहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरीद


z