• २०८१ बैशाख १४ शुक्रबार

धर्म, संस्कृति र पहिचान रक्षाको लागि पार्टी राजनितीभन्दा माथि उठौ - कमल थापा 

kharibot

पालुङ (मकवानपुर) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले धर्म, संस्कृती र पहिचान रक्षाको निमित्त पार्टीगत राजनीति भन्दा माथी उठेर सबै एक ठाउँमा उभिनु पर्नेमा जोड दिएका छन् ।

मकवानपुरको थाहा नगरपालिकास्थित फाँट बजारमा आयोजित सप्ताह ज्ञान महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले बढ्दो धर्म परिबर्तनलाई रोक्न नसके समस्या उत्पन्न हुने तर्फ सबैलाई सचेत हुन आग्रह गरे ।

समय क्रममा सरकार परिबर्तन हुने, ब्यबस्था परिबर्तन हुने तर प्रकृतिको नियम परिबर्तन नहुने भन्दै अध्यक्ष थापाले आफ्नो धर्म,सस्कृती माथी भईरहेको अतिक्रमण र प्रहार कुनै पनि स्वाभिमानी नेपालिले टुलुटुलु हेरेर बस्न नहुने बताए। 

विश्वकै जेठो, सम्पन्न र प्रभाबशाली सनातन मान्यतालाई कमजोर पार्न भईरहेको षडयन्त्रलाई चिर्न युबा पुस्ता अग्रसर हुनुपर्ने आबश्यकता औल्याए । बिश्वका कुनै पनि देशले आफ्नो धर्म, पहिचान र मूल्य मान्यतालाई कमजोर बनाएर प्रगती गर्न नसक्ने ठोकुवा गर्दै थापाले हामिले पुर्खाले दिएको धन सम्पतीको मात्र चिन्ता र रक्षा गर्ने नभई सस्कार र सस्कृतिको पनि रक्षा गर्नुपर्ने बताए ।

सो अबसरमा राप्रपा धर्म सस्कृती समन्वय बिभाग प्रमुख पुष्पराज पुरुष थाहा नगर उप प्रमुख खड्ग गोपाली, बिष्णु ढकाल लगायतले बोलेका थिए । 

यसै बिच राप्रपा थाहा नगर समितिद्वारा आजै आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले नयाँ ढङ्गबाट संगठन निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिए । चुनावी हारजित स्वभाभिक प्रक्रिया भएकोले त्यसको समिक्षा गर्दै उच्च मनोबलका साथ अघि बढ्नु पर्नेमा थापाको जोड थियो ।

सो अबसरमा राप्रपा सहायक महामन्त्री राजाराम बर्तौला, प्रबास बिभाग प्रमुख बिजय खड्का , जनजाति नेता राम थोकर, हरेराम कार्की, राम बहादुर घले, सुरेन्द्र तामाङ लगाएतको उपस्थिती थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै