• २०८१ बैशाख २४ सोमबार

भैसेपाटी प्रहरी प्रभागको हिरासतबाट फरार दुई जना पक्राउ

kharibot

काठमाडौं । ललितपुरको भैसेपाटी प्रहरी प्रभागको हिरासतबाट फरार दुई अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापका २५ बर्षिय विकास उर्फ रुपेश भनिने रुद्रलाल श्रेष्ठ र रामेछापकै २५ बर्षिय समशेर माझी रहेका छन् ।

उनीहरुलाई बौद्धको जम्बु डाँडाबाट पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।

हिरासतमा २४ असार राति भागेका ३ जना मध्ये उनीहरु डाँका चोरी मुद्दाका अभियुक्त हुन् भने लागूऔषध मुद्दाका रविकुमार तिम्सिना अझै फरार रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै