हरेक घटनामा संसदीय समिति बनाउन हुन्न : झलनाथ खनाल

खरीबोट

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले हरेक घटनामा संसदीय समिति बनाउन नहुने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानविरुद्ध हिंसाको बाटोमा अब कोही पनि जान नहुने बताए । नेता खनालले सरकारले सबैलाई शान्ति प्रक्रियामा ल्याउन प्रयास गर्नुपर्ने सुझाव दिए ।

नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सर्लाहीमा भएको घटनाले लोकतन्त्र नै कमजोर हुने देखिएकाले छानबिन समिति गठन हुनुपर्ने माग राखिएको बताए ।

“संविधान एवं संसद्ले पारित गरेको कानूनसँग जोडिएको विषय भएकाले समिति गठन हुनुपर्छ, पेट्रोलियम पदार्थको भाउ रु पाँच बढेका बेला, निर्वाचनमा धाँधली भयो भनी संसद्बाटै छानबिन समिति बनेको छ, यो घटनाको सत्यतथ्यमा पुगिएन भने लोकतन्त्र खतरामा पर्नसक्ने भएकाले समिति गठनको माग गरेका हौँ”, उनले भने ।

सम्बन्धित समाचार

पेरुमा संकट गहिरियोः संसद विघटन, संसदद्वारा राष्ट्रपति निलम्बित

पेरु । पेरुका राष्ट्रपति मार्टिन भिजकाराले सोमबार संसद विघटन गरी ताजा निर्वाचनका लागि आह्वान गरेका छन् । पेरुमा लामो समयदेखि जारी संस्थागत संकटकै बीच राष्ट्रपतिले संसद भङ्गको घोषणा गरेका हुन्

संसद भंग गर्ने सिफारिस असंबैधानिक, प्रधानमन्त्री जोन्सन अप्ठ्यारोमा

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसद भंग गर्न महारानीलाई गरेको सिफारिस असंबैधानिक भएको छ । बेलायतको सर्वोच्च अदालतले संसद निलम्वनसम्बन्धी मुद्दामा आज निर्णय दिदै प्रधानमन्त्रीको सिफारिस असंबैधानिक भएको निर्णय दिएको

सङ्घीय संसद्को चौथो अधिवेशन अन्त्य

काठमाडौँ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालू चौथो अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभको आजको तेस्रो बैठकमा अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालबाट प्राप्त पत्र पढेर

प्रधानमन्त्री ओलीको संसदको सम्बोधन स्थगित 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभामा गर्ने भनेको संबोधन स्थगित भएको छ । बिहीबार प्रधानमन्त्रीले संबोधन गर्ने कार्यक्रम नरहेको नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका


z