सुदूरपश्चिम प्रदेशसभाबाट अर्थ विधेयक पारित

खरीबोट

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटसँग सम्बन्धित प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७६ पारित गरिएको छ । 

यसैगरी आगामी आवको सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई पनि बैठकले पारित गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बैठकमा उक्त प्रस्ताव पेश गरेका थिए । यसअघि आगामी आवको बजेटमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाउनुभएको प्रश्नहरुको जवाफ दिँदै मन्त्री बोहराले कमीकमजोरी सुधार गर्दै बजेटलाई सन्तुलित बनाउने प्रतिबद्धता व्यक्त गरे । 

अनियमितता र भ्रष्टाचार गरेको प्रमाण फेला परे जो कोहीलाई कारवाही गर्न सरकार पछि नहट्ने मन्त्री बोहराले प्रतिबद्धता व्यक्त गरे । समानुपातिक सदस्यहरुलाई बजेट विनियोजन गर्दा विभेद गरिएको गुनासोबारे उनले सबैलाई न्याय दिन कुनै कञ्जुस्याइँ नगरिने र यसका लागि कार्यविधि परिमार्जन गर्न लागिएको जानकारी दिए । प्रदेश सरकारले ल्याएको अगामी आवको बजेटबारे सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले असन्तुष्टि राखेका थिए ।

बैठकको प्रारम्भमा समय लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्य शान्ति नेपालीले भारतको बैङ्लोरमा बझाङको थलारा गाउँपालिका—२ का नारायणबहादुर खड्का, उहाँकी श्रीमती निर्मला र छोरी अनुष्काको घर भत्किँदा च्यापिएर निधन भएकाले मृतकका परिवारलाई राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराईन ।

यसअघि आज बिहान बसेको प्रदेशसभाको बैठकमा आगामी आवको वार्षिक राजश्व र व्ययको अनुमान (बजेट) माथिको बाँकी छलफल सकिएको थियो । प्रदेश सरकारले आगामी आवका लागि असार १ गते रु २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट प्रस्तुत गरेको थियो । प्रदेशसभाको अर्को बैठक आगामी साउन २ गते अपराह्न ३ बजे बस्नेछ । 
 

सम्बन्धित समाचार

सुदूरपश्चिममा वित्तीय साक्षरता अभियान शुरु

धनगढी । एक व्यक्ति एक खाता‘ कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति बमोजिम सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरता अभियान शुरु गरिएको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना

सुदूरपश्चिम प्रदेशसभाबाट अर्थ विधेयक पारित

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटसँग सम्बन्धित प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७६ पारित गरिएको छ ।  यसैगरी आगामी आवको सेवा र

सुदूरपश्चिम सरकारको बजेटप्रति सत्तारुढ दलकै सांसदको असन्तुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७६-७७ को वार्षिक राजश्व र व्ययको अनुमान (बजेट) माथिको छलफलका क्रममा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचेतक अक्कलबहादुर रावलले बजेटप्रति असन्तुष्टि

सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालन गर्न सहमति

धनगढी । लगातार अवरुद्ध हुँदै आएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्ष सहमतिमा पुगेका छन् । गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्षीका बीच आज भएको वार्तामा सकारात्मक छलफल भएको


z