बाढी पहिरो प्रभावितको तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

खरीबोट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढीपहिरोबाट प्रभावितलाई तत्काल उद्धार गर्न र सम्भावित क्षति न्यूनीकरण गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । 

प्रधानमन्त्री ओलीले भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी केही स्थानमा तत्काल बहाव खुलाउने काम भएको र अन्य स्थानमा पनि प्रयास भइरहेको बताएको उनको निजी सचिवालयले जनाएको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रालयगत प्रगति तथा समीक्षा कार्यक्रममा उनले विपद्मा परेकाको उद्धार र राहतमा कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जनाउँदै उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन समन्वयात्मकरुपमा परिचालित निर्देशन दिएका हुन् । 

प्रकोप क्षेत्रमा उद्धारका आवश्यक उपकरण, आवश्यक परेका ठाउँमा हेलिकप्टर र सुरक्षाकर्मी परिचालन भएको प्रधानमन्त्री ओलीले जनाएका छन् । साथै सम्भावित र जोखिम क्षेत्रका सर्वसाधारणलाई सचेत रहनका लागि सूचना प्रणालीलाई चुस्त बनाइएको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले सम्पूर्ण स्थानीय तह र जनप्रतिनिधिलाई पनि पीडितको उद्धारमा खटिन आग्रह गरेका छन् । साथै उनले बाढी र पहिराबाट ज्यान गुमाउनेका परिवारप्रति समवेदना प्रकट गर्दै यस घडीमा एकअर्काको सहयोगमा जुट्न सबैलाई आह्वानसमेत गरेका छन् ।
 

सम्बन्धित समाचार

जलवायु परिवर्तनको नकारात्मक असर नेपालमा : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर परेको बताएका छन् । ग्रीनहाउस ग्यास उत्र्सजनमा नेपालको भूमिका नगण्य भए पनि नेपालले यसको असर खेपिरहनु परेको प्रधानमन्त्री ओलीको

विकासका लागि अहिले उपयुक्त समय : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधान मन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि अहिले उपयुक्त समय भएको बताएका छन् । राष्ट्रिय युवा परिषदले आयोजना गरेको संघीय नमुना युवा संसदको बैठकलाई आज सम्बोधन गर्दै

अरु वर्षको असार २९ जस्तो प्रसन्न मन छैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताए । संस्कृति, पर्यटन तथा

मलंगवा डुबान भारतसँगको समन्वयमा खुलाइदै : प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको समन्वयमा सर्लाहीस्थित मलंगवा भारत सीमामा पानीको बहाव खुलाउन लागेको बताएका छन्। सीमा क्षेत्रमा पानीको बहाव थुनिएपछि शुक्रबार बिहानैदेखि मलंगवा बजारका केही ठाउँ डुबान परेको


z