कञ्चनपुरमा रासायनिक मलको अभाव

खरीबोट

कञ्चनपुर । किसानलाई धान रोप्ने चटारो भएकै बेला कञ्चनपुरमा रासायनिक मलको अभाव भएको छ । अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रासायनिक मल डिएपी खेतमा हाल्न बाध्य भएका छन् ।

अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री संस्थानको शाखा भीमदत्तनगरले मागअनुरुपको मल आपूर्ति गर्न नसक्दा किसानले हैरानी खेप्नुपरेको हो । स्थानीय एग्रोभेट पसलबाट खरीद गरेको चर्को मूल्यको भारतीय मल गुणस्तरीय भए नभएको जानकारी नभए पनि किसान भारतीय मलको प्रयोग गर्न बाध्य छन् ।

शुक्लाफाँटा नगरपालिका–२ का किसान मनोज चौधरीले सरकारले उपलब्ध गराउने मल नपाउँदा भारतको निकटवर्ती बजारबाट ल्याइएको मल राखेर रोपाइँ गरेको बताए । कृषि सामग्री संस्थानले यस वर्ष डिएपी मल एक हजार ४४३ मेट्रिकटन, युरिया एक हजार ८०३ मेट्रिक टन र पोटास ३५ दशमलव ७५० मेट्रिक टन मल आपूर्ति गरेको छ ।

 ती मल जेठको पहिलो सातामै सकिएको संस्थानका निमित्त कार्यालय प्रमुख बलबहादुर शाहले बताए । चैतदेखि जेठको पहिलो सातासम्म कम्पनीबाट डिएपी ३८४ मेट्रिक टन बिक्री भएको छ । “डिएपी दुई हजार मेट्रिक टन, युरिया दुई हजार ५०० टन र पोटास ७० मेट्रिक टन कम्पनीले आपूर्ति गर्ने लक्ष्य लिएको भए पनि समयमै खरीद गर्न नसक्दा र ढुवानीको समस्याले आपूर्ति हुन सकेन”, उनले भने । किसान मलको माग गर्दै कार्यालयसम्म पुग्छन् । मल नपाउँदा निराश भएर फकर्ने गरेको उनको भनाइ रहेको छ ।

धानखेतीका लागि ६०० मेट्रिक टन युरिया भैरहवास्थित कार्यालयबाट ल्याउन लागेको कार्यालय प्रमुख शाहले बताए । उनका अनुसार जसमध्ये ४५९ मेट्रिक टन युरिया आपूर्ति भइसकेको छ ।

सम्बन्धित समाचार

इण्डियन आइडलबाट अनु मलिक फेरी निकालिए !

मुम्बई । भारतीय टेलिभिजन रियालिटी शो इण्डियन आइडलका प्रमुख जज अनु मलिक शोबाट फेरी बाहिरिएका छन् । टाइम्स अफ इंडियाका अनुसार मलिकले इन्डियन आइडल-११ बाट अलगिने निर्णय गरेका छन् । २०१८

शिक्षामन्त्री पोखरेलसँग कतार र मलेसियाका समकक्षीको भेटवार्ता

काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारमा जारी ‘वल्ड इनोभेशन समिट फर एजुकेशन’ मा सहभागी कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटावार्ता गरेका छन्। कार्यक्रमका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री डा.मस्वेली बिन मालिकसँगको

सरकारी अनुदानको रासायनिक मलमा कालोबजारी : किसान मारमा

वीरगञ्ज । सरकारी अनुदानको रासायनिक मलको कालोबजारी बढेपछि पर्सागढी नगरपालिका–४ का किसान रामविनय चौधरी यसपाली पनि गहुँखेती प्रभावित हुने भयले चिन्तित छन्। नगरपालिकाको सोही वडामा सरकारी अनुदानको रासायनिक मल बिक्री गर्ने

डडेल्धुरामा मलेरिया रोगको प्रकोप बढ्दै

अमरगढी । डडेल्धुराको भित्रि मधेश जोगबुडा क्षेत्र परशुराम नगरपालिकाका दुई वटा वडामा मलेरिया रोगका बिरामी भेटिएका छन्। परशुराम नगरपालिका– ६ र ७ का स्थानीयवासी बिरामी भई स्वास्थ्य संस्थामा जचाउन पुगेकाको रगत


z