• २०८१ बैशाख १४ शुक्रबार

चितवनमा ग्यास चुहिएर पाँच जना घाइते

kharibot

चितवन । भरतपुर महानगरपालिका–१३ मा ग्यास चुहिएर आगलागी हँुदा पाँच व्यक्ति जलेर घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उजेलीनगरस्थित शिवप्रसाद पौडेलको घरमा काम गर्ने मानिसहरुले खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा भारतको वेतिया घर भएका पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेमा भारतको वेतियाका १८ वर्षीय विकास कुमार, १५ वर्षीय विकास कुमार, २२ वर्षीय शिव कुमार, २५ वर्षीय मनोज पासवान र २२ वर्षीय इन्द्रदेव पासवान गरेको प्रहरीले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 

पौडेलको घर डेरा गरी बस्ने उनीहरुले खाना बनाउने क्रममा ग्यास चुहिएको थियो । स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै