• २०८१ बैशाख १५ शनिबार

खोलाले बगाएर झापामा एक बालकको मृत्यु

kharibot

झापा । झापाको मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ ।

मेचीनगर–१३ का गङ्गाराम प्रसाईंको अढाई वर्षीय छोरा अजित प्रसाईंको खोलाले बगाएर मृत्यु भएको हो ।

आज बिहान ७ बजे बाबु खेतमा गएको र छोराले बाबुलाई पछ्याउँदै जाने क्रममा फुलवासा खोलाले बालकलाई बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बालकलाई बगाउँदै गरेको उनका बाबुले नै देखेपछि स्थानीयवासीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

योसँगै झापामा बाढीले बगाएर मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय