• २०८१ बैशाख १४ शुक्रबार

नेप्सेमा करेक्सन, पाँच अंकले बढ्दा ४३ करोडको सेयर कारोबार

kharibot

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा करेक्सन देखिएको छ । नेप्से आज पाँच दशमलव आठ अंंकले बढेर १२ सय ५४ दशमलव ५६ विन्दुुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७१ अंकले बढेर दुुई सय ७० दशमलव २८ विन्दुुमा चढेको छ । 

एक सय ७० कम्पनीहरुको चार हजार नौ सय पाँच वटा कारोबारमा २९ लाख ७३ हजार आठ सय ४३ कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुदा कारोबार रकम ४३ करोड पाँच लाख २५ हजार नौ सय १७ रुपैयाँ पुुगेको छ ।  

नेप्सेमा आज ११ वटा  समूहको कारोबार भएकोमा सबै सूचक बढेर नेप्सेमा पूरै हरियाली छाएको छ । सो अनुरुप वाणिज्य बैंक समूहको सूचक दुुई दशमलव ७६ अंकले बढेर ११ सय २८ दशमलव ९१ विन्दुुमा चढ्दा बिकास बैंक समूहको सूचक पनि तीन दशमलव सात अंकले बढेर १६ सय सात दशमलव ८८ विन्दुुमा चढेको छ । 

जलविद्युुत् समूहको सूचक पनि १४ दशमलव ८३ अंकले बढेर १२ सय चार दशमलव ३१ विन्दुुमा चढ्द निर्जीवन बीमा समूहको सूचक १५ दशमलव ६५ अंकले बढेर पाँच हजार ५९ दशमलव ७९ विन्दुुमा चढेको छ । यीबाहेक जीवन बीमा, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि बढेका छन् ।  

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको स्वदेशी लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच रुपैयाँले बढेर पाँच सय ६७ रुपैयाँमा कारोबार भएको छ भने गुुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नबिल बैंकको प्रतिकित्ता सेयर मूल्य तीन रुपैयाँ १५ पैसाले घटेर सात सय ९९ रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी, बढी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता तीन सय ३७ रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड २१ लाख ९१ हजार नौ सय ४५ रुपैयाँको कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै