Skip This

उदयपुरमा पहिरोले घर पुरिँदा दुई बेपत्ता

खरीबोट

फाइल तस्बीर

गाईघाट । उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गए राति १:०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका–८ का रीतबहादुर रिठ्ठामगरको घर पहिरोले पुरेको छ ।

राति माथिल्लो डाँडाबाट खसेको पहिरोले घर पुरिँदा रीतबहादुरका ५६ वर्षीय आमा रणमाया मगर पहिरोले पुरिएर बेपत्ता भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताएका छन् । 

घटनास्थलमा आज बिहानै प्रहरी परिचालन गरिएको भए पनि स्थानीय रसुवाखोलाको बाढीका कारण तर्न समस्या हुँदा प्रहरी घटनास्थलमा पुग्न समस्या भइरहेको प्रहरी प्रमुख बुढामगरले बताए ।

यता रौतामाई गाउँपालिकाको वडा नं १ मा पनि पहिरोको कारण रौता मुर्कुचीको अर्जुन तामाङको घर बगाएको छ । 

तामाङको घर पहिरोले बगाउँदा नौ वर्षका छोरा बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोका कारण उदयपुरमा हालसम्म झण्डै एक दर्जन घर पहिरोले बगाएका प्रहरी प्रमुख बुढामगरले बताए ।  
 

सम्बन्धित समाचार

सुख्खा पहिरोले लोकमार्ग अवरुद्ध

गलकोट । मध्यपहाडी पुष्पलाल लोकमार्गको निसीखोला खण्ड सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ । आज साँझ ५ बजेको समयमा निसीखोला गाउँपालिका–२ बायखोला खोर भन्ने स्थानमा सुख्खा पहिरो खसेर मध्यपहाडी लोकमार्ग

केन्यामा पहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो

नैरोबी । केन्यामा पहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ। अत्यधिक वर्षाका कारण केन्याको उत्तरपश्चिमी क्षेत्रमा ठूलो बाढी र पहिरो आएको अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार बाढी र पहिरोमा परी

केन्यामा पहिरो ३७ को मृत्यु

नैरोबी । केन्यामा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या आइतबार बिहानसम्ममा ३७ पुगेको छ। सरकारी अधिकारीहरुले शुक्रबार रातीको पहिरोमा परी मृत्यु हुनेको संख्या बढेर अहिलेसम्म ३७ पुगेको पुष्टि गरेका हुन्।  देशको उत्तरपश्चिमी

चट्याङ प्रतिरोधी र पहिरो पूर्वसूचना प्रणाली जडान

बैतडी । विपद् क्षति र जोखिम न्यूनीकरणका लागि बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिका परिसरमा चट्याङ प्रतिरोधी प्रणाली र पहिरो पूर्वसूचना प्रणाली जडान गरेको छ । चट्याङबाट हुने क्षति न्यूनीकरण गर्नका लागि चट्याङ


z