• २०८१ बैशाख १५ शनिबार

नेप्सेमा सुधार जारी, ४ अंकले बजार बढ्दा ३४ करोडको कारोबार

kharibot

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्सेमा सुधार आएको छ । नेप्से आज चार दशमलव ४५ अंकले बढेर १२ सय ५९ दशमलव एक विन्दुुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९७ अंंकले बढेर दुुई सय ७१ दशमलव २५ विन्दुुमा चढेको छ । 

एक सय ६१ कम्पनीहरुको चार हजार पाँच सय ४९ वटा कारोबारमा १९ लाख ५६ हजार छ सय ३० कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुँदा कारोबार रकम ३४ करोड ७२ लाख ८९ हजार दुुई सय ७५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज ११ वटा समूहको कारोबार भएकोमा ११ वटै समूहको सूचक बढेको छ । सो अनुरुप बाँणिज्य बैंक समूहको सूचक चार दशमलव १३ अंकले बढेर ११ सय ३३ दशमलव चार विन्दुुमा चढ्दा विकास बैंक समूहको सूचक पाँच दशमलव ९९ अंकले बढेर १६ सय १३ दशमलव ८७ विन्दुमा चढेको छ । 

जलविद्युुत् समूहको सूचक पनि एक दशमलव १६ अंकले बढेर १२ सय पाँच दसलव ४७ विन्दुुमा चढेको छ । यसैगरी लघुुवित्त, निर्जीवन बीमा, जीवन बीमा, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहका सूचक पनि बढेका छन् । 

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नविल इक्विटी फण्डको प्रतियुनिट सेयर मूल्य नौ रुपैयाँ १२ पैसाले बढेर नौ रुपैयाँ ३३ पैसामा कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको अरुणखोला जलविद्युुत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य चार रुपैयाँ १६ पैसाले घटेर ६९ रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी बढी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता तीन सय ३६ रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ७८ लाख ७२ हजार पाँच सय ७७ रुपैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय