• २०८१ बैशाख १५ शनिबार

भारतको मुम्बईमा चार तले भवन भत्कियो, १२ जनाको मृत्यु 

kharibot

मुम्बई । भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको छ ।  

भारतीय मिडियाहरुले कम्तिमा १२ जनाको मृत्यु भएको बताएका छन् । अहिले प्रहरी, उद्धारकर्ता र स्थानीयको सहयोगमा उद्धारकार्य जारी रहेको बताइएको छ ।

दक्षिणी मुम्बईको डोगरी इलाकामा रहेको सो भवन स्थानीय समय अनुसार बिहान ११ बजेर ४० मिनेट जाँदा भत्किएको थियो । घटनामा ५ जना घाइते भएका छन् । अति घना बस्तिको भवन भत्किएकाले उद्धारमा मुस्किल भएको प्रहरीले जानकारी दिएको छ ।
    
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै