• २०८१ बैशाख १४ शुक्रबार

शिल्पालाई पतिको आग्रह – 'छबिको अदालतमा सिधै आउनुस् न्याय पाउनुहुन्छ'

kharibot

काठमाडौँ । पछिल्लो समय नेपाली सिनेमा क्षेत्रममा भेट्रान फिल्म निर्माता र उनकी पत्नी शिल्प पोखरेलको झगडाले तातिएको छ ।

श्रीमान् श्रीमतीको झगडा एक कान दुइ कान मैदान हुदै प्रहरी देखि मिडियासम्म चारै तिर फैलिएको छ । दुवैले आ-आफ्ना कुरा मिडियामा एक पछी अर्को गर्दै अन्तर्वार्ता दिएर सार्वजनिक गरिरहेका छन् ।

२०७३ असार २९ गते सुटुक्क विवाह गरेका दुईले गएको ६ महिना अगाडि विवाह दर्ता गरेका थिए । गत वर्ष निर्माता ओझाले एक अन्तर्वार्तामा आफूले शिल्पासँग विवाह गरेको खुलाएका थिए ।

 अब अहिले शिल्पाले आफूमाथि हिंसा भएको भन्दै दिएको उजुरी पश्चात् प्रहरीले दुबै पक्षलाई बोलाएर सहमति गराएको छ । छवि र शिल्पा दुबैले अब कहिल्यै झगडा नगर्ने भनेर कागजी सम्झौता गरे पनि त्यसपछि एक पछी अर्को गर्दै दुवै अन्तर्वार्तामा वेस्ट देखिएका छन् । शिल्पाले अब कुनै हालतमा फेरि छविसँग नबस्ने अडान अन्तर्वार्तामा बताउदै आएकी छन् भने छबिले शिल्पालाई साबि कुरा बिर्सेर फेरी सँगै हुन अपिल गरिरहेका देखिन्छन् । 

शिल्पाले अन्तर्वार्ताका क्रममा रुदै श्रीमान् छबिबाट तीन वर्षसम्म निकै यातना सहेर बसेको, पटक-पटक मार्ने प्रयास गरेको, निकै शंका गरेकोलगायतका आरोप लगाएकी छिन् । तर, यो मान्न तयार छैनन्, छवि । तर छबिले भने सामान्य घर झगडा भएपनि हातपात भने नगरेको दाबि गर्दै आएका छन् । 

यसै बीच श्रीमती शिल्पाले लगाएका आरोपको खण्डन गर्दै छातिमा हात राखेर सोच्न आग्रह गरेका छन् । उनले लेखेका छन्, 'मैले ५२ बर्षको उमेरमा तीनजना श्रीमतीसँग सम्बन्ध बिच्छेद भइसकेपछि तपाईंसँग चाहिँ जिन्दगी बिताउन सक्छु होला भनेर जिन्दगीका सबथोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं । छातिमा हात राखेर आज एकछिनलाई आफैंलाई नढाटी सम्झनुस् तपाईंले लगाएका कति आरोपहरु सत्य छन् ?'

शिल्पाले आफूलाई सच्याएर आफ्नो बुढेसकालको सहारा भएर बस्न तयार भए आफू पनि सबै कमी-कमजोरीलाई सच्याएर गान्धीबादी भएर बस्ने छविले बताएका छन् । 

अरुको कुरा नसेर घर फर्किन आग्रह गर्दै उनले अगाडि लेखेका छन्, 'आउनुस् हाम्रो घरको ढोका सधैं तपाईंको लागि खुल्ला छ । हैन र यदी तपाईं साच्चै मसँग बस्न सक्नुहुन्न भने पनि एक पटक मसँगै आएर टेबलमा कुरा गर्नुस् । मेरो इतिहास पल्टाएर हेर्नुस् आजसम्म मैले कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन ।' 

निर्माता ओझाले शिल्पालाई पनि अन्यायमा नपर्ने विश्वास दिलाएका छन् । 'मैले विगत ३ दिनदेखि तपाईंलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाईंलाई अब मेरो वकिलले भेट्छ भन्नु भयो । म फेरि पनि भन्दैछु, संसारको कुनै पनि अदालतमा जानु पर्दैन । छवि ओझाको अदालतमा सिधै आउनुस् । तपाईंले न्याय पाउनुहुन्छ ।' 

शिल्पा छबिकी चौथी श्रीमती हुन् । अभिनेत्री रेखा थापासँग १२ वर्ष लामो बैबाहिक सम्बन्धमा पूर्णविराम लागेपछि उनले शिल्पालाई श्रीमतीको रुपमा घर भित्राएका थिए । शिल्पाको पनि छविसँग दोस्रो विवाह रहेको चर्चा छ । ५५ वर्षका छवि र २५ वर्षकी शिल्पाको तीन वर्ष लामो बैबाहिक सम्बन्ध अब अगाडि बढ्न नसक्ने अवस्थामा आएर अडिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै