• २०८१ बैशाख १४ शुक्रबार

नेप्सेमा ग्रीन सिग्नल, चालू आवको सुरुवाती कारोबारमा नै दोहोरो अंकको वृद्धि

kharibot

काठमाडौं । नेप्सेमा ग्रीन सिग्नल देखिएको छ । आर्थिक वर्ष २०७६—०७७ को सुरुवाती कारोबार दिन आज बुुधबार नै नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको छ । नेप्से १५ दशमलव ८५ अंकले बढेर १२ सय ७४ दशमलव ८६ विन्दुुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ८६ अंकले बढेर दुुई सय ७४ दशमलव ११ विन्दुुमा चढेको छ । 

एक सय ६७ कम्पनीहरुको पाँच हजार तीन सय ८७ वटा कारोबारमा १३ लाख ७५ हजार एक सय ९० कित्ता सेयर खरिद विक्ती भएकाछन । उक्त परिमाणमा सेयर खरिद विक्री हुँदा कारोबार रकम ४२ करोड ६७ लाख ४३ हजार चार सय ५८ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज ११ वटा समूहको कारोबार भएकोमा दुुई वटा समूहले गुमाएका छन् भने नौ वटा समूहले कमाएका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १६ दशमलव ६९ अंकले बढेर ११ सय ४९ दशमलव ७३ विन्दुुमा चढ्दा विकास बैंक समूहको सूचक पनि २७ दशमलव ३५ अंकले बढेर १६ सय ४१ दशमलव २२ विन्दुुमा चढेको छ ।

जलविद्युुत् समूहको सूचक पनि १८ दशमलव ७३ अंकले बढेर १२ सय २४ दशमलव २० विन्दुुमा चढ्दा निर्जीवन बीमा समूहको सूचक पनि ५५ दशमलव दुुई अंकले बढेर पाँच हजार एक सय २५ दशमलव २७ विन्दुुमा चढेको छ । लघुुवित्त, जीवन बीमा, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि बढेको छ । होटल र फाइनान्स समूहको सूचक भने घटेको छ । 

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको उन्नति माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको प्र्रतिकित्ता सेयर मूल्य सात रुपैयाँले बढेर आठ सय ५६ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सिभिल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँले घटेर पाँच सय पाँच रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी बढी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल बैकको प्रतिकित्ता तीन सय ४५ रुपैयाँ अन्तिम मूल्यमा चार करोड ७५ लाख २२ हजार दुुई सय ४९ रुपैैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै